मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ दलहरु लाग्नु पर्छ ः एमाले नेता ज्ञवाली

कुमोद अधिकारी
२७ साउन
विराटनगर। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ राजनितिक दलहरु लाग्नु पर्ने बताउनु भएको छ ।
कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित १६ औं स्मृति सभा तथा पुरस्कार वितरण समारोहमा उहाँले मुलुकको सर्वाङ्गीण विकास एंव समवृद्धि कायमगर्दै जनताको जीवनस्तर उकास्नेतर्फ दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा वताउनुभयो ।
हाम्रो देश विकासमा पछाडि नरहेको दावी गर्दै ७७ जिल्लामा सडक,९७ प्रतिशत विद्युत, ९७ प्रतिशत खानेपानी र ९९ प्रतिशत बालवालिकाको विद्यालय पहुँच पुगेको उहाको भनाई थियो ।

पूर्वमन्त्री ज्ञवालीले मुलुकमा केही भएको छैन भन्ने कुरा गलत भएको भन्दै विकास भएको कारण आगामी सन् २०२६ मा नेपाल विकासिल देशमा परिणत हुन गैरहेको जानकारी दिनु भयो । उहाँले मधेश प्रदेशमा खेतीका लागि आकासे वर्षाको निर्भरता अन्त्य गर्न आगामी केही वर्षभित्र सुनकोशी डाइभर्सन निर्माणवाट एक लाख ८२ हजार जमीन सिंचाई हुने बताउनु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सङ्घीयता स्थापना पछि मुलुकले विकासमा फड्को मारेको चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देल, सम्मानित उद्यमी चेतन निरौला, नेकपा एमालेका नेता विनोद ढकाल, नेपाल उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ठूलो सङ्र्घष गरी सडकबाट व्यापार सुरु गर्नु भएको स्व. कृष्णप्रसादले स्थापना गर्नु भएको ढुवानी व्यवसायमा आज तीन सय जनाले रोजगार प्राप्त गरिरहेकोले उहाँबाट सवैले उहाँबाट प्रेरणा लिनु पर्ने बताउनुभयो ।
सो अवसरमा २१ हजार नगद सहित अरुण खवरका प्रधानसम्पादक तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई सम्मान गरिएको थियो ।
इसैगरि प्रतिष्ठानले यूवा उद्यमी सम्मानबाट ग्यालेक्सी सुज उद्योग विराटनगरका सञ्चालक चेतन निरौलालाई सम्मान गरेको छ ।
त्यस्तै महिला उद्यमी सम्मानबाट बराह हर्बल उद्योग विराटनगरकी सञ्चालक अम्बिका भण्डारी, स्वर्गीय सिग्देलले अध्ययन गरेको सुनसरीको मधुवनस्थित जनता माध्यमिक विद्यालयका छात्रा पिंकीकुमारी स्वर्णकार र छात्र सुशीलकुमार खत्वेलाई नगदसहित कदर पत्र प्रदान गरिएको थियो ।
स्वर्गीय सिग्देलले सञ्चालन गरेको स्वस्तिका ट्रान्सपोर्ट प्रा. लि.का कर्मचारी कल्याण कोष र चालक कल्याण कोषलाई नगद क्रमश ५१ हजार र २१ हजार तथा मजदुरहरुलाई कपडा वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *