कुमोद अधिकारी
१९ साउन,
लम्पी स्किन रोग नियन्त्रणका लागि कोशी प्रदेसका विभिन्न जिल्लाका तिनलाख वढि पशुचौपायालाई रोग विरुद्धको खोप लगाइएको छ ।
कोशी प्रदेसका १४ वटा जिल्ला मध्ये ११ वटा जिल्लामा रोगको सक्रंमण देखिएपछि उधोग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेसले रोग नियन्त्रणका लागि खोप लगाउन शुरु गरेको हो ।
गत जेठ–२ गते हाल सम्म अर्थात हिजो आइतवार सम्म ३ लाख १२ हजार ६ सय ४१ पशुचौपायमा रोग विरुद्धको खोप लगाई सकेको र खोप लगाउने कार्य भइरहेको सो मन्त्रालय अन्तर्गतको पशुपंक्षी विकास तथा मत्यस निर्देशनालय प्रमुख एंव पशु चिकित्सक डा सुशिल अधिकारीले जानकारी दिनुभयो ।
रोगको सक्रंमणवाट हालसम्म कोशी प्रदेसमा ६ सय ३७ पशुचौपाया मरेको र रोगवाट २२ हजार १ सय वढि पशुचौपाया प्रभावित भएका छन ।
रोगको सक्रमण सवैभन्दा वढि झापा जिल्लामा देखिएको छ । सो जिल्लामा १४ हजार ६ सय ९० पशुचौपायामा रोगको सक्रम)ण देखिएको छ । त्यसैगरि मोरङमा २ हजार ४ सय १९, सुनसरीमा १ हजार ७ सय २६ तथा इलाम जिल्लामा २ हजार ४२ पशुचौपाया प्रभावित भएको र संखुवासभा,, सोलु तथा ओखलढुंंगा जिल्लामा भने अहिले सम्म रोगको सक्रंमण देखिएको छैन
सक्रमण फैलिए लगतै पशु सेवा विभागले प्रदेसमा चारलाख भ्याक्सिन पठाएको र तत्काल खोप लगाउन शुरु गरेपछि रोग नियन्त्रणमा आउन थालेको पशु चिकित्सक अधिकारीको भनाई छ । विभागले आवश्यकता अनुसार खोप उपलव्ध गराएको प्रदेसमा खोपको अभाव समेत नरहेको उहाको भनाई छ ।
सङ्क्रमण भएका पशुलाई अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने,े, जैविक सुरक्षा गर्ने, सकेसम्म आइसोलेसन गर्ने, गाईबस्तुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न खोप लगाएर बचाउन सकिने चिकित्सक अधिकारीको भनाई छ ।
गाइ भैसीमा वढि मात्रामा देखा परेको यो रोग विरुद्धको खोप निशुल्क उपलव्ध हुने गरेको छ । २०७९ साल चैत महिनामा कोशीप्रदेस वाट शुरु भएको यो रोग, मुलुकभर फैलिएको थियो ।
२०८० सालमा यो रोगवाट कोशी प्रदेसमा सात लाख वढि पशुचौपाया प्रभावित भएको थियेभने रोग वाट आठ हजार पशुचौपाया मरेका थिए । यो सालपनि कोशी प्रदेसमा गत जेठ महिनामा देखा परेको सो रोग नियन्त्रणका लागि कोशी प्रदेस सरकार समयमै पशुचौपायमा खोप लगाउन शुरु गरेको थियो ।