कुमोद अधिकारी
१२ साउन,
विराटनगर राधा कृष्णाजन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने ऐनिहासिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।
राधाकृष्ण रथयात्रा समिति–२०८२ द्वारा आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको उडिसा राज्यको जगन्नाथपुरी पछिको दक्षिण ऐसियाकै दोस्रो ठूलो विराटनगरमा आयोजना हुने रथयात्रामा नेपाल र भारतका गरि पाचलाख वढि भक्तजन सहभागि हुने जानकारी गराइयो ।
विराटनगर–१ पानीट्याङ्की स्थित राधाकृष्ण मन्दिरबाट भदौ १ गते आईतबार दिउँसो ३ वजे निकालिने रथयात्राले नगरको नौ किलोमिटरको दुरी तय गर्ने छ । विस १९८८ सालदेखि सुरु खट यात्राको ९४ औं महोत्सवको तयारी अन्तिम चरणमा पुगेको राधाकृष्ण मन्दिर कार्य समिति अध्यक्ष कैलाश रेग्मीले बताउनु भयो ।
रथयात्रामा राधाकृष्ण भगवान विराजमान रथको उचाई २१ फिट तीन इन्च, चौडाई १४ फिट, लम्बाई १९ फिट र जुवाको भाग आठ फिट रहने छ।
राधाकृष्ण रथयात्रामा कोशी प्रदेश, मधेश प्रदेश र भारतका विभिन्न प्रान्तका धर्मावलम्वीहरुको सहभागीता रहने अनुमान गरिएको छ ।
रथयात्राले परिक्रमाको क्रममा नगरका विभिन्न ४४ स्थानमा विश्राम लिने छ भने पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्राको समापन गरिने परम्परा छ । रथयात्रको समयमा १ हजार वढि सुरक्षाकर्मी परिचालन गर्ने गरि व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ
रथयात्राको व्यवस्थित रुपमा सञ्चालन गर्न एकहजार एक सय समारोह समिति गठन गरिनुका साथै १६ वटा उप समितिहरु निर्माण गरिएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रथयात्राको शुभारम्भ गर्नु हुने कार्यक्रम रहेको छ ।