कुमोद अधिकारी
१० साउन ,
विराटनगर। उत्तपादन लागत कम लाग्ने र मानव स्वास्थ्यमा समेत असर नपर्ने भएकाले अधिकांस किसान अहिले आफनो खेतवारीमा प्राङगारिकतथा जैविकमलको प्रयोगगर्न थालेका छन ।
रसायनिकमलको अत्याधिक प्रयोगले माटोको उर्भरा शक्ति कमजोड वन्दै गएपछि प्रांङगारिक तथा जैविकमलको प्रयोगमा किसानले जोड दिन थालेका हुन ।
जैविकमलको मलको प्रयोगगर्दा चारपाच वर्षसम्म अरुमलको प्रयोग गर्नु नपर्ने र उत्तपादनमा समेत वृद्धि हुने सुनसरी देवानगन्जका किसान भुवनारायण मेहताको भनाई छ । रसायनिकमलको प्रयोगले केहीवर्ष उत्तपादन वढेपनि माटोको उर्भराशक्ति कमजोड हुने उहाको भनाई छ । कृषिवालीमा मात्र होइन तरकारीवालीमा समेत प्राङगारिकमलको प्रयोग गर्दै आएको उहाले वताउनुभयो ।
गाउघरमै उत्तपादन हुने जौविकमलको प्रयोग गरेर अर्गानिक खेतीगर्दै आएको अर्का किसान राजेस मेहताको भनाई छ । आफैले उत्तपादन गरेको जैविकमलको प्रयोग गरेर अर्गानिक खेतीगर्दै आएको र उत्तपादन समेत वढेको उहाको दावी छ ।
माग वढेपछि यस्को प्रयोग संगै किसान आफै उधोग स्थापना गरेर जैविकमल उत्तपादन गर्दै आएका छन ।
सुनसरीका किसान सुरेन्द्रप्रसाद यादवले करिव ११ लाख रुपैयाको लागतमा संचालनमा ल्याउनु भएको शिव अर्गानिक मल उधोगले वार्षिक साढे तिनसय टन जैविकमल उत्तपादन गर्दै आएको छ । घर छेउमा उधोग स्थापना गरेर प्याकेजिङ एंव विक्रिगर्दै आएको सो मलको माग मोरङ र सुनसरीका किसानमा वढदै गएको उहाको भनाई छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको ५० प्रतिशत अनुदानमा उहाले उधोग संचालनमा ल्याउनु भएको हो । जैविकमलको महत्ववारे किसानमा जनचेतना जागेकाले यसको माग वढेको उहाको भनाई छ ।
परियोजनाले रयायनिकमाले प्रयोगलाई विस्थापित गर्दै जाने उदेश्यले जैविकमल उत्तपादनगर्ने उधोलाई अनुदान दिदै आएको छ ।
उधोगलाई ग्रेडिङ, प्याकेजिङ, मेशनेरी औजार तथा भौतिक संरचना निमार्णमा ५० प्रतिशत अनुदान दिदै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुख मनोजकुमार यादवको भनाई छ ।
रसायनिकमल लाई विस्तारै विस्थापित गर्दै जैविक तथा कम्पोष्टमलको प्रयोग गर्ने विषयमा अधिकांस किसान सहमत भएकाले परियोजनाले प्राङगारिकमलको प्रयोगलाई वढाउन थप अनुदान सहयोग वढाउदै जाने उहाको भनाई थियो ।
खेतीयोग्य जमिनमा पाच प्रतिशत प्राङगारिकतत्व आवश्यक भएपनि रसायनिकमलको अत्याधिक प्रयोगले प्राङगारिक तत्वको मात्रा घटदै जादा माटोमा आम्लियपनको वढदै गएको छ ।
गाइवस्तुको गोवर तथा झारपातवाट सहज रुपेले उत्तपादन गर्न सकिने यो मलको प्रयोगले माटोको भौतिक, रसायनिक तथा जैविक गुणमा मात्र नभएर उत्तपादित वस्तुको गुण, भण्डारनमा तथा खानाको स्वाद र मानव स्वास्थ्यमा समेत सुधार ल्याउन सकिने भएकाले यस्को प्रयोगलाई विस्तार गर्दे जानु आवश्यक छ ।