सडक दुर्घटना न्यूनिकरण गर्न प्रदेस सरकार सम्बेदनशील छ –मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
६ असार ः
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक दुर्घटनाबाट हुने क्षति न्यूनिकरण गर्न कोशी प्रदेस सरकार सम्वेदनशील रहेको बताउनु भएको छ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन प्रहरी कार्यालय इटहरी सुनसरीद्वारा संयुक्त रुपमा बिराटनगरमा आज आयोजित ट्राफिक सप्ताह –२०८२ को शुभारम्भ गर्नुहुदै उहाँले आवश्यक नीति निर्माण गरी ट्राफिक प्रहरीलाई साधन सम्पन्न वनाउदै सडक दुर्घटना न्युनिकरणगर्न सरकार गंीभर भएर लागेको वताउनुभयो ।
विद्यार्थीहरु भविष्यका कर्णधार भएकोले विद्यालयस्तरमा ट्राफिक दुर्घटनामा न्यूनियनकरण सचेतना कार्यलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्नेमा उहाले जोड दिनु भयो ।
उहाँले प्रदेश ट्राफिक कार्यालयले यस प्रकारको अभियान संचालन संगै आगामी साउन १ गतेदेखि सडक दुर्घटना न्यूनियनकरण गरेका कार्यहरुमा अभियानवाट भएको उपलव्धिहरु समेत तथ्याङ्गत रुपमा सार्वजनिक गर्न समेत निर्देशन दिनु भयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशमा सडक दुर्घटना,लागु पदार्थ दुव्र्यशन र आत्महत्या मुख्य चुनौतीको रुपमा रहेकोले यसलाई न्यूनिकरण गर्न सचेतना अभियान आवश्यक रहेको वताउनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुख गोविन्द अधिकारी, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले सवारी दुर्घटनाका कारणले जनधनको क्षति वृद्धि भइरहेकोले यसको न्यूनियनकण गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रदेशका १४ जिल्लामा दुर्घटना न्यूनियनकरणको सचेतना लगायत विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ।
केशी प्रदेशमा चालु वर्षको जेठ मसान्तसम्मा ५ हजार १ सय सडक दुर्घटना भएको र सो दुघृटनामा ३ सय ८१ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ।
यसअघि विराटनगर ११ स्थित महेन्द्र चोकबाट निस्केको सडक दुर्घटना सचेतना प्रभातफेरी निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *