सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ ः कांग्रेसका नेता सिटौला

कुमोद अधिकारी
जेष्ठ ११ ,विराटनगर
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष पूरा भएको सन्दर्भमा राज्यका सबै प्रणालीको समीक्षासँगै सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
आइतवार विराटनगरमा पत्रकारहरुसँग कुरा गदैं नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)को सहमतिमा मात्र संविधान संशोधन गर्न सहज हुने वास्तविकता प्रस्तुत गर्दै उहाँले संविधान संशोधनका निम्ति प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सरकारको पनि सहमति आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।
जनतामा नैराश्यता बढ्न नदिन सुशासन, सेवा प्रवाहका साथै देशको विकास– निर्माणलाई केन्द्रमा राखेर राज्य संयन्त्रले इमानदारीपूर्वक काम गर्नुपर्नेमा सांसद सिटौलाले जोड दिनुभयो ।
देश र जनतालाई प्राथमिकतामा राखेर राजनीतिक दलहरुले आफूलाई आन्तारिक लोकतन्त्रसहित व्यवस्थित गर्नुपर्ने सुझाव दिँदै । सांसद् सिटौलाले लोकतन्त्रमा विपक्षीका आवाज सबैले सुन्नुपर्ने बताउनुभयो ।
सांसद सिटौलाले जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसद्मा छलफल हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेता सिटौैलाले भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजिनामा दिनु आवश्यक नभएको वताउनु भएको छ ।
यो विषयमा अध्यागमन कार्यालयका कर्मचारी माथी प्रश्न उठेकाले मन्त्रीले राजिनामा दिनु आवश्यन नभएको प्रष्ट पार्नुभयो । उहाँले सो विषयमा कर्मचारी माथी प्रश्न उठेको छ गृहमन्त्री माथी होइन भन्नुहुँदै मन्त्रालय मातहतका कर्मचारी माथी प्रश्न उठदैमा मन्त्रीहरुले राजिनामा दिदै जाने हा सवै मन्त्रीले राजिनामा दिनुपर्ने अवस्था आउने र राज्य व्यवस्था चल्न नसक्ने बताउनुभयो ।
यस अघि भएका घटनामा मन्त्रीहरुमाथी प्रश्न उठेकाले उहाँहरुले राजिनामा दिएको प्रष्ट पार्दै अहिले गृहमन्त्री मााथी नभई कर्मचारी माथी प्रश्न उठेकाले गृहमन्त्रीले किन राजिनामा दिने भनि प्रति प्रश्न गर्नुभयो । यस विषयमा नेपाली कांग्रेसको धारणा पनि चाडै आउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *