वाढीपहिरोबाट मृत्यु भएका एवं घाइतेलाई विशेष राहत उपलव्ध गराउन नेपाली कांग्रेस कोशी प्रदेसको माग,

कुमोद अधिकारी
,१६ असोज ः नेपाली कांग्रेस कोशी प्रदेश समितिले केही दिन आगाडि बर्षाको कारण आएको वाढी र पहिरोबाट मृत्युवरण गरेका नागरिहरुप्रति हार्दिक श्रद्धान्जली र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिका प्रवक्ता यदु विष्टद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा वाढी र पहिरोबाट घाइते भएकाहरुकोे शिघ्र स्वास्थ्य लाभको कामना सहित निःशुल्क उपचारको व्यवस्था र तत्काल राहतको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
दशैको मुखमा नेपाली जनता माथी परेको पिडा र कष्ठले नेपाली कांग्रेस कोशी प्रदेस समिति पनि मर्माहित भएको भन्नुहुदै उहाले मृतक र पीडित परिवारलाई विशेष राहत उपलव्ध गराउन सरकारसँग माग गर्नुभयो ।
प्रवक्ता विष्टले पत्रकार सम्मेलन मार्फत जारी गर्नु भएको प्रेस विज्ञेप्तीमा मुलुकमा अहिले देखिएको जटिल परिस्थितिमा नेकांका सम्पूर्ण नेता कार्यकर्ताहरु राहत एवं उपचार कार्यमा सक्रिय रुपमा लाग्नु पर्ने उल्लेख गर्नु भएको छ ।
उहाँले वाढी पहिरोका कारण काठमाण्डौ र कोशी प्रदेशको विभिन्न जिल्लाहरुको विराटनगरसँग जोडने सडकहरु यथाशिघ्र सञ्चालन ल्याउन सरकार संग आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा कालाबजारी, महंगी, भ्रष्टाचार नियन्त्रण गर्नका लागि सम्वन्धित सरोकारवालाई निकायहरुलाई आग्रह गर्दै आम नागरिकहरु पनि सचेत रहनु पर्ने कुरा सो विज्ञेप्तीमा उल्लेख छ ।
नेकां प्रदेश कार्यसमितिले पूर्णता प्राप्त गरी हालसम्म २२ बटा विभागहरु गठन भईसकेको र चाँडै प्रदेश सम्मेलन गरिने जानकारी प्रवक्ता विष्टले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *