मुख्यमन्त्री द्धारा डुवानक्षेत्रका निरिक्षण, उद्धार कार्यमा सक्रिय भएर लाग्न सुरक्षा निकायलाई निर्देशन

कुमोद अधिकारी विराटनगर
१२ असोज,
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निरन्तर वर्षाका कारण डुवानमा परेका क्षेत्रको निरिक्षण गर्नु भएको छ ।
कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवान क्षेत्रको उहाले निरीक्षण गर्नु भएको छ । आज दिउँसो मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षा निकायका प्रमुखले डुवान क्षेत्रका निरिक्षण गर्नु भएको हो ।
मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्दार गर्न सुरक्षा निकायका प्रमुखहरुलाइ निर्देशन दिनुभयो । स्थलगत निरीक्षण पछि मुख्यमन्त्री कार्कीले उनीहरुको उद्दारका लागि सुरक्षा निकायसँग समन्वय गर्नु भएको हो । उनिहरुलाई हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी भइ रहेको छ ।


यस्तै प्रदेश भर वर्षा भइ रहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन सुरक्षा निकायलाई उहाले निर्देशन दिनु भयो अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० मापन गरिएको छ ।
अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्दार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिनु भयो । कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षण लगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनलाइ आवागमनमा रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *