कुमोद अधिकारी
विराटनगर असोज १०
स्वास्थ्य क्षेत्रमा गरेको उत्साहजनक प्रगती तथा सेवाप्रवाहका कारण यो वर्ष पनि मोरङको धनपालथान गाउँपालिका मोरङका १७ वटा पालिका मध्ये प्रथम स्थानमा पर्न सफल भएको छ । विभिन्न स्वास्थ्य सुचकांक तथा कार्य सम्पादन र मुल्यांकनका आधारमा धनपालथान गाउँपालिका प्रथम भएको हो । गत आर्थीक वर्ष पनि धनपालथान पहिलो भएको थियो । विराटनगरमा आयोजित २०८०–०८१ मा संचालित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरिय वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठिमा पालिकाले स्वास्थ्यक्षेत्रमा ९० प्रतिशत उत्साहजनक प्रगति हाशिल गरेको भन्दै धनपालथान प्रथम भएको घोषणा गरिएको थियो । सो अवसरमा प्रथम स्थान हाशिलगर्न सफल सो पालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराज सोठलाई कदरपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा.राधिका थपलिया र स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले उहाँलाई सम्मान गर्नु भएको थियो । सो अवसरमा बोल्नुहुदै मन्त्रालयका सचिव डा.थपलियाले १७ वटै पालिकालाई उछिनेर दोश्रोपटक पनि प्रथम स्थान हाशिलगर्नु समग्र गाउँपालिकाको लागि गर्वको कुरा भएकाले आगामी दिनमा पनि यसरी नै सवै प्रकारको सेवा नागरिक समक्ष पु¥याउदै जानुपर्ने उल्लेख गर्नुभयो ।

स्वास्थ कार्यालयका प्रमुख डा. मेहताले धनपालथान गाउँपालिकाले प्रदानगर्दै आएको सेवा प्रवाह उदारण्ीाय भएकाले अन्य पालिकाहरुले पनि यसरीनै संचालन गर्दैै जानुपर्ने बताउनुभयो । जिल्ला समन्वय समित मोरङका प्रमुख अजम्वर राईले नागरिकले सहज सेवा पाउनुपर्नेमा जोड दिनुभयो । सो पालिकाले प्रत्यक वडामा स्वास्थ्य संस्थाहरु संचालनगदै नागरिकलाई हरेक प्रकारका निःशुल्क सेवा प्रदानगर्दै आएको छ । पालिकाले भौतिक पुर्वाधारको निमार्णसंगै शिक्षा, स्वास्थ्यमा समेत ध्यान दिएकाले पनि आफनो पालिका दोश्रो पटकपनि मोरङको १७ वटा पालिका मध्ये पहिलो् हुन सफल भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठको भनाई छ । कार्यक्रममा १७ वटै पालिकाले गत आर्थिक वर्षको स्वास्थ्य सम्वन्धि आ–आफनो पालिकाको वार्षिक प्रगति पेश गरेका थिए । वार्षिक प्रगती र स्वास्थ्य सुचांकको उल्लेखनिय प्रगतिका कारण धनपालथान गाउपालिका प्रथम भएको हो ।