कुमोद अधिकारी विराटनगर
११ असोज, सुक्रवार
कोशी प्रदेसका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले, भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर प्रदेश रहेको बताउनु भएको छ ।
विश्व पर्यटन दिवसको अवसरमा पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराटनगरमा आज आयोजना गरेको भव्य कार्यक्रममा कोशी प्रदेस पर्यटन वर्ष–२०८२ को घोषणा गर्नुहुदै मुख्यमन्त्री कार्कीले, नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा सहित १० अग्ला हिमालमध्ये ५ वटा कोशी प्रदेशमा रहनुले पनि कोशी प्रदेशमा पर्यटकिय दृष्टिकोणको सम्भावना उच्च रहेको वताउनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमाल मध्ये ५ वटा मकालु, लोत्से, कञ्चनजंघा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरुको ध्यान आकृष्ट गरेको छ ।
उहाले पाथिभरा, बराहक्षेत्र र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक र धार्मिक सम्पदाहरुले हाम्रो सामाजिक र धार्मिक विविधतालाई उजागर गरेको उल्लेख गर्नुभयो ।
पर्यटन प्रर्वद्धन गरी हाम्रो राष्ट्रिय पूँजी विकास गरेर “संवृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षालाई पुरा गर्न सकिने उहाँको भनाई थियो ।

मुख्यमन्त्री कार्कीले पर्यटन प्रर्वद्धनका लागि कोशी प्रदेश सरकारले स्थापनाकाल देखि नै काम गरिरहेको बताउँदै भन्नुभयो यसका लागि प्रदेशको श्रोत र साधनले भ्याएसम्म पर्यटकीय गन्तव्यहरुको निर्माण गर्ने र प्रचार प्रसार गर्ने काम पनि सुरु गरेको जानकारी गराउनुभयो
उहाँले संघीय सरकार र स्थानीय सरकारहरुसँगको समन्वय र सहकार्यमा प्रदेशको पर्यटनलाई अगाडि बढाउन चाहेको उल्लेख गर्दै पर्यटन प्रर्वद्धन नीजि क्षेत्रको साझेदारी र हातेमालो बिना सम्भव नरहेको बताउनुभयो । कोशी प्रदेशको संवृद्धिका लागि पर्यटन विकासमा अगाडि बढ्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
सो अवसरमा वोल्नुहुदै भौतिक पुर्वाधार तथा विकास मन्त्री भुपेन्द्र राईले, कोशी प्रदेसको पर्यटन प्रवद्धनका लागि सरकार प्रतिवद्ध रहेको भन्नुहुदै पर्यटनवर्ष–२०८२ सफल वनाउन सवै लाग्नुपर्नेमा जोड दिनुभयो ।
कोशी प्रदेमा रहेका ८२ पर्यटन गन्तव्यमा वढिभन्दा वढि आन्तरिक तथा वाह्रय पर्यटक लाई भित्राउने गरि वातावरण तयार गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले , पर्यटनवर्ष–२०८२ को तयारी तथा कोशी प्रदेसको पर्यटनक्षेत्र र त्यस्को संभावनाको वारेमा जानकारी गराउदै वाह्य पर्यटन आगामन थप सहज वनाउन प्रदेस सरकारले नया कार्यविधि ल्याउने वताउनुभयो ।
भारतिय पर्यटकहरुको सहज आगमनका लागि पर्यटकहरु आउने भारतिय नम्वरको गाडीमा सुरक्षा जाच स्टिकर टास्ने व्यवस्था गरिएको उहाले प्रष्ट पार्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले सुरक्षा जाच स्टिकर कोशी प्रदेसमा प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई हस्तान्तर समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल उधोग वाण्ज्यि महासंघ कोशी प्रदेसका अध्यक्ष राजेन्द्र राउतले, पर्यटन वर्षलाई सफल वनाउन निजि क्षेत्रको सहकार्य आवश्यक रहेको वताउनुभयो ।
सो अवसरमा मुख्य मन्त्री कार्काीले कोशी प्रदेस पर्यटनवर्ष–२०८२ को घोषणा गर्नु भएको थियो
कार्यक्रमा कोशी प्रदेस सरकारका मन्त्री, मन्त्रालयका सचिव, प्रदेससभा सदस्य, प्रमुख जिल्ला अधिकारी, राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख स्थानिय तहको प्रमुख, उप–प्रमुख , होटल तथा पर्यटन व्यवसायीको सहभागिता थियो ।
“पर्यटन न्याय र शान्ति” भन्ने मुल नाराका साथ आज विश्व पर्यटन दिवस मनाइँदै छ ।