मोरङको सुनवर्सी नगरपालिका स्थित केचना वजारमा प्रहरी चौकी स्थापना

कुमोद अधिकारी विराटनगर
९ साउन,
शान्ती सुरक्षा सुद्धिढ वनाउन मोरङको सुनवर्सी नगरपालिका–१ स्थित केचना वजारमा प्रहरी चौकी स्थापना भएको छ ।
२०६५ सालदेखि सो क्षेत्रमा प्रहरी चौकी स्थापनाका लागि माग हुदै आएकोमा लामो समयपछि केचना सुक्रवारे वजारमा अस्थाई प्रहरी चौकी स्थापना भएको हो ।
आज एक कार्यक्रमका विच प्रहरी चौकीको कोशी प्रदेसका आन्तरिक मामिलातथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले उद्घाटन गर्नुभयो ।
आन्तरिक मामिलातथा कानुन मन्त्रालयको पहल र सुनवर्सी नगरपालिकाको सहयोगमा स्थापना भएको सो प्रहरी चौकीमा सहायक प्रहरी निरिक्षक असाईको कमाण्डमा पाचजना प्रहरी खटाइएको छ ।
कार्यक्रममा मन्त्री अधिकारीले सवैको लामो प्रयास पछि स्थापना भएको प्रहरी चौकीले दिगो र टिकाउने जिम्मा स्थानिय वासिन्दाको रहेकाले प्रहरीले निर्वाद रुपले कामगर्न पाउनुपर्ने वताउनुभयो ।
सिमा नाका जोडिएको सो क्षेत्रका कतिपय युवाहरु लागु औषध दुव्यर्सनीको कुलतमा फस्ने गरेकाले त्यसलाई नियन्त्रणगर्न प्रहरी कठोर हुनुपर्ने उहाको भनाई थियो ।


खानेपानी सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रहरी चौकीको आफनै नया भवन वनाएर अस्थाई प्रहरी चौकीलाई चाडै स्थाई प्रहरी चौकीको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कोशी प्रदेस प्रहरी कार्यालय विराटनगरका प्रमुख एंव प्रहरी नायव महानिरिक्षक डिआइजी चन्द्रकुवेर खापुङले,आवश्यक जनशक्ति नहुदा जनताको अपेक्षा अनुसार प्रहरी चौकी स्थापना गर्न नसकेको वताउदै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सुनवर्सी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंसी, पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देवीमाय काफले, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, सुनवर्सी नगरपालिकाका पुर्व उपप्रमुख मन्जु राई पुर्व वर्डा अध्यक्ष टेकवहादुर भटराईले प्रहरी चौकीको स्थापनाले शान्ती सुरक्षा कायमगर्न मद्त पुग्ने वताउनुभयो ।


प्रहरी चौकी स्थापना भएपछि स्थानिय समेत हर्षित भएका छन । घर भाडामा लिएर स्थापना गरिएको सो प्रहरी चोकीको व्यवस्थापन सुनवर्सी नगरपालिकाले गरेको छ ।
सो प्रहरी चौकीको कार्यालय भवन निमार्णका लागि सुक्रवारे वजारमा जग्गा समेत छनौट भइसकेको मोरङका प्रहरी प्रमुख कार्कीले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *