वाल पुस्तकालयद्धारा रक्तदान कार्यक्रमको आयोजना

कुमोद अधिकारी विराटनगर२९ वैसाख,रगतको अभाव हुन नदिन विराटनगर–८ मधुमारा हरिहर चौकमा स्थित वाल पुस्तकालयले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको सो पुस्तकालयका सचिव राजन भण्डारीले वताउनुभयो ।

कार्यक्रमको उद्घाटन वर्डा न ८ का कार्यवाहक वर्डा अध्यक्ष भुवन राजवंशी र समाजसेवी गणेशप्रसाद पोखरेलले गर्नु भएको थियो । रेडक्रस मोरङको सहयोगमा भएको कार्यक्रममा ३० जनाले रक्तदान गर्नु भएको थियो । २०५२ सालमा स्थापना भएको सो पुस्तकालयले प्रत्येकवर्ष रक्तदान, खेलकुद, स्वास्थ्य शिविर तथा सरसफाई अभियान तथा जेष्ठ नागरिकहरुका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । पुस्तकालयल आगामी भदौमा वालवालिका लक्षित विभिन्न कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

आफुहरुले प्रत्येक समयमा केहि न केहि कार्यक्रम .गर्दै आएको र आगामी भदौमा वालवालिका लाई लक्षितगदै विभिन्न उपयोगी कार्यक्रम संचालन गर्ने तयारी रहेको सचिव भण्डारीको भनाई छ । कार्यक्रमा रक्तदानगर्ने दाताहरुलाई सो पुस्ताकालयले प्रमाणपत्र वितरण गरेको पुस्तकालयका अध्यक्ष इन्द्र निरौलाले वताउनुभयो । रक्तदानगर्नेलाई पुस्तकालये फलफुल , अण्डा, केरा तथा फु्रटी वितरण गरिएको थियो ।

रक्तदान कार्यक्रमको व्यवस्थापन उषा वराल र मैया विष्टले गर्नु भएको थियो । सो पुस्तकालय संचालनमा आएपछि वालवालिका, युवा तथा जेष्ठ नागरिकहरुलाई पत्रिका तथा विभिन्न पुस्तकहरु अध्यनगर्न सहज भएको छ । दैनिक दिउसो ३ वजेदेखि वेलुका साढे ५ वजेसम्म संचालनमा आउने सो पुस्तकालयमा देनिक ३० देखि ३५ जना पत्रपत्रिका पढ्न आउने गरेका छन । सो क्षेत्रका समाजसेवी तथा वुद्धिजिविहरुले संचालनमा आएको पुस्तकालय जेष्ठ नागरिकका लागि निकै उपयोगि भएको सचिव भण्डारीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *