कुमोद अधिकारी विराटनगर
२ जेठ,
समाजसेवामा सक्रिय अभिषेक गिरीले स्थापना गर्नुभएको गिरी फाउन्डेसनले मोरङको कटहरी गाउँपालिकास्थित एक विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ ।
फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले बुधबार कटहरी–४ खयरवनस्थित श्री आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नु भएको हो ।
उक्त विद्यालयलाई ६० हजार रकम बराबरको कापी–कलम, ह्वाइट बोर्डलगायत शैक्षिक सामग्री र फुटबल सहयोग गरेको फाउण्डेसनका अध्यक्ष गिरीले वताउनुभयो ।
विपन्न विद्यार्थीहरू पढ्ने सामुदायिक विद्यालयमा यस्ता सामग्री वितरण गर्न पाउदा खुसी महसुस भएको उहाको भनाई छ ।

‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री दिन पाउँदा उनीहरूको हौसला बढ्छ जस्तो मलाई लाग्छ,’ उहाले भन्नुभयो ‘ह्वाइट बोर्ड दिँदा पठन–पाठनमा अझ सहजता थप्छ । खेलकुदतर्फ लाग्न प्रेरित गर्नकै लागि यसपालि फुटबल पनि वितरण गरेका छौं ।’
समाजिक कार्यमा सक्रिय हुदै आएको उक्त संस्थाले विराटनगरसंगै विभिन्न पालिकाका वर्डाहरुमा स्वास्थ्य शिविर, खेलकुद् आयोजना तथा विपन्न समुदायलाई न्यानो कपडा वितरण गर्नुका साथै नगरस्तरमा सरसफाई अभियान समेत संचालन गर्दै आएको संस्थाका अध्यक्ष गिरीले वताउनुभयो । संस्थाले आगामी दिनमा सामाजिक कार्यलाई थप सक्रिय वनाउदै जाने उहाको भनाई छ ।
