कुमोद अधिकारी विराटनगर
१ वैसाख, शनिवार
चैतैधानको उत्तपादन वढाउन कृषिज्ञान केन्द्रले किसानलाई प्रोत्साहन स्वरुप प्रतिकठा पाचसय रुपैया उपलव्ध गराउन थालेपछि मोरङ जिल्लामा चैतेधान खेतीप्रती किसानको आकार्षण वढ्न थालेको छ । दुईवर्ष देखि संचालनहुदै आएको कृषि ज्ञानकेन्द्रको चैतेधान खेती विस्तार कार्यक्रमले जिल्लामा चैतेधान खेतीको क्षेत्रफल समेत विस्तार हुन थालेको छ ।
पथरी शनिश्चरे नगरपालिका– ९ स्थित कृषि चौरी कृषि सहकारी संस्थामा आवद्ध किसानहरुले ४५ विघा क्षेत्रफल जग्गामा चेतेधान खेती गरेका छन । ज्ञानकेन्द्रले प्रोत्साहन स्वरुप रकम उपलव्ध गराउने भएपछि संस्थामा आवद्ध किसानले सामुहिक रुपमा चैतेधान खेती गर्दै आएको सहकारी संस्थाका अध्यक्ष पिताम्वर वासकोटाले वताउनुभयो । कार्यक्रम संचालनमा आएपछि १७ वटै पालिकामा चैतेधानको क्षेत्रफल विस्तार हुन थालेको छ ।

ज्ञानकेन्द्रले प्रोत्साहन रकम दिने भएपछि वेलवारी नगरपालिका ५ का सुशान्त निरौलाले यो वर्ष डेढ विघा जग्गामा चैतेधान खेती लगाउनु भएको छ । आठवर्ष मलेसिया काम गरेर उहा गाउ फर्कनु भएकोहो । डेढ विघा जग्गमा एकसय मन धान उत्तपादन हुने उहाको अनुमान छ । चेतेधान खेतीको क्षेत्रफल यो वर्ष आफुले केहि विस्तार गरेपनि सिचाईको भने समस्या हुने गरेको उहाको भनाई छ
यसैगरि सोही ठाउका पुर्व वर्डा अध्यक्ष देवेन्द्र कार्कीले पनि यसपटक एक विघ जग्गामा चैते धान खेती गर्नु भएको छ । चैते धानमा कम फाइदा भएपनि ज्ञानकेन्द्रले उपलव्ध गराउने रकमले केहि राहत हुने भएकाले खेत वाझो नराख्न चेते धान लगाएको उहाको भनाई छ ।

जिल्लामा यो वर्ष २२ हजारवढि हेक्टर जग्गामा चैतेधान खेती लगाइएको छ । यो गतवर्षभन्दा पाच प्रतिशतले वढि हो । चैतेधानको विक्रिमा समस्या नभएपनि लगानी अनुसार मुल्य नपाउने भएकाले सरकारले चैतेधानको उचित मुल्य तोक्नुपर्ने किसानको भनाई छ ।
चैते धानखेती विस्तार कार्यक्रम अन्तर्गत १० कठा भन्दा माथी र विस हेक्टर सम्म चैते धानखेती गर्ने व्येक्ती, किसान समुह तथा सहकारीलाई माग अनुसार उक्त रकम उपल्ब्ध गराउने गरेको कृषि ज्ञानकेन्द्र मोरङबम प्रमुख रामदेव सिंहको भनाई छ । २० हेक्टरभन्दा माथी चेते धान खेती गरेपनि कृषक समुह तथा सहकारीले २० हेक्टरको मात्र प्रोत्साहन रकम पाउने व्यवस्था रहेको कार्यालय प्रमुख सिहको भनाई छ । प्रदेस सरकारले धानको उत्तपादन वढाउन यो कार्यक्रम ल्याएको होे ।

चैत महिनामा रोपिने यो धान असारमा उत्तपादन हुन्छ । चैते धानखेतीका लागि प्रति विघा २० हजारदेखि २५ हजार रुपैयाँ सम्म खर्च लाग्ने गरेको छ । ज्ञानकेन्द्रदले यो कार्यक्रम संचालनमा ल्याएपछि एकवर्षमा तिन वाली लागउन किसानलाई सहज भएको छ । चैतेधान प्रति किसानलाई थप प्रोत्साहनगर्न मल, विउ तथा सिचाईमा सहज व्यवस्था हुनु आवश्यक छ ।
किसानले चैते दुई, चैते पाँच र हर्दिनाथ जातको धान लगाएका छन् जिल्लामा यस वर्ष १० प्रतिशत वढि चैते धान उत्पादनमा वृद्धि हुन सक्ने कृषि ज्ञानकेन्द्रको अनुमान छ ।