कुमोद अधिकारी
२ वैसाख,
विराटनगर । विराटनगर ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले कोशी प्रदेशमा पहिलो पटक ह्यापीनेश करिकुलम शुरु गरेको छ ।
चालु शैक्षिक शत्र २०८१ देखि एभरेष्टले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरि सो करिकुलम शुरु गरेको हो ।पाठ्यक्रम पठन पाठन अघि स्कुलले शिक्षक शिक्षिकाहरुलाई २ दिने कार्यशाला शुरु गरेको छ ।
आइतवार कार्यशालाको उद्घाटन कार्यक्रममा एभरेष्ट सेकेण्डरी स्कुलका प्राचार्य टीकाराम पुरीले कोशी प्रदेशमा पहिलो पटक एभरेष्ट स्कुलले ह्यापीनेश करिकुलम शुरु गरेको बताउनुभयो । चालु शैक्षिक शत्रमा कक्षा १ देखि ५ सम्म शुरु गरिएको वताउदै प्राचार्य पुरीले ह्यापीनेश करिकुलम स्थानीय सरकारको प्राथमिकता भित्र पर्न आवस्यक रहेकोमा जोड दिनुभयो ।
उहाले भन्नुभयो ‘ विराटनगर महानगरले ह्यापीनेश करिकुलम बनाएर पालिकाका सवै विद्यालयमा लागू गरे राम्रो हुने थियो ।’ शिक्षाको विकासले मात्रै मुलकको विकास संभव रहेको नीति निर्माताले बुझ्न आवस्यक रहेको बताउदै उहाले विकसित राष्ट्रमा शिक्षकको बेग्लै महत्व भएपनि हाम्रो देशमा त्यस्तो हुन नसकेमा गुनासो गर्नुभयो ।

एभरेष्ट एजुकेशन फाउण्डेसनका अध्यक्ष विनोद ढकालले शैक्षिक क्षेत्रमा एभरेष्टले नयाँपन दिन खोजेको उल्लेख गर्नुहुदै ह्यापीनेश करिकुलमका विज्ञहरुलाई ल्याएर कार्यशाला आयोजना गरिएको बताउनुभयो ।
दुई दिने कार्यशालाको सहजीकरण विज्ञहरु श्रवणकुमार शुक्ला र रामप्रसाद पाण्डेले गर्ने छन् । शुक्ला भारतको नयाँ दिल्लीमा ह्यापीनेश करिकुलमको अवधारणा विकास गर्ने मध्येका एक हुन् । पाण्डे नेपालमा पहिलो पटक ह्यापीनेश करिकुलम शुरु गर्ने व्यक्ति हुन् । उनले नवलपुरमा रहेको आफ्नो विद्यालयबाट ह्यापीनेश करिकुलम शुरु गरेका थिए ।
कार्यशालामा एभरेष्ट स्कुलका १ सय ५० शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको भाईस प्रिन्सीपल नारायण कडरियाले जानकारी दिनुभयो ।