कुमोद अधिकारी
१९ चैत,
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले तीन दिने आत्मरक्षा तथा सुरक्षा सम्बन्धी तालिम सम्पन्न गरेको छ
कल्की आर्ट अफ सेल्फ डिफेन्स नामक अन्तराष्ट्रिय संस्थाको सहकार्यमा जीवन विकासले आयोजना गरेको तालिममा एक सय ६ जना महिला सहभागिता थियो ।
तीन दिनसम्म चलेको तालिममा जीवन विकास लघुवित्त वित्तीय संस्थाका ३१, थ्रि जिरो क्लबका १०, नव बिहानी समूहका १५, फरवार्ड लघुवित्त वित्तीय संस्थाका २६, जीवन विकास पब्लिक स्कुलका १९, जीवन विकास समाजका ३, जीवन विकास पब्लिक हेल्थ सेन्टरका २ गरी १०६ जना महिला सहभागि थिए ।
महिलाहरूलाई कल्की आर्ट अफ सेल्फ डिफेन्सका प्रशिक्षक ग्रान्ड मास्टर गौरभसिंह चौहान र सयोगीता चौहानले प्रशिक्षण दिनु भएको थियो ।

महिला कर्मचारीहररूलाई आइपर्न सक्के सम्भावित जोखिमको प्रतिरक्षाका लागि तालिम आयोजना गरिएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताउनुभयो । तालिमले सहभागिहरुलाई उच्च मनोबलका साथ काम गर्न प्रोत्साहित गरेको उहाले वताउनुभयो । तीन दिनको तालिममा सिकेको आत्मरक्षाका बारेमा आफ्ना क्षेत्रका सहकर्मीलाई पनि सिकाउन उहाले आग्रह गर्नुभयो ।
ग्रान्ड मास्टर गौरवले आफ्नो सुरक्षा र आत्मरक्षा तालिम सफलतापूर्वक सञ्चालन गरेको बताउनुभयो । कल्की आर्ट अफ सेल्फ डिफेन्स मार्फत मिशन स्वरक्षा नेपाल च्याप्टर पनि सुरु गरेको उहाको भनाई थियो ।