कोशी प्रदेस सरकारद्धारा कृषि मुल्य सुचना प्रणाली संचालनमा

कुमोद अधिकारी विराटनगर
१४ चैत
कृषिक्षेत्रको सवलीकरण तथा व्यवसायीकरणमा सहयोग पुगोस भन्ने उदेश्यले कोशी प्रदेस सरकारले आजदेखि कृषि मुल्य सुचना प्रणाली संचालनमा ल्याएको छ ।
उधोग कृषि तथा सहकारी मन्त्रालयले विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरि सुचना प्रणाली संचालनमा ल्याएको हो । सुचना प्रणालीको उधोग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले शुभारम्भ गर्नुभयो ।
कार्यक्रमा वोल्नुहुदै मन्त्री खत्रीले सुचना प्रणालीले तिनैतहको सरकारलाई कृषि उपज उत्तपादन वजारीकरण सम्वन्धि समयानुकुल निति तथा कार्यक्रमहरु वनाउन मद्त पुग्ने वताउनुभयो ।
मन्त्रालयका सचिव डा लेखराज दाहालले सुचना प्रणालीले हरेक दिनको कृषि उपजको मुल्यको विषयमा सहजै जानकारी पाउन सकिने भएकाले यसवाट कृषक,उपभोक्ता तथा थोक विक्रेतलाई वढि फाइदा पुग्ने वताउनुभयो ।
कृषि व्यवसायी देखि उपभोक्ता सम्मको हितलाई ध्यानमा राख्दै संचालनमा ल्याएको सुचना प्रणालीले साना तथा ठुला कृषक, ठुला लगानीमा संचालित कृषिफर्म साथै व्यापारी तथा प्रसोधनकर्तालाई प्रत्यक्ष फाइदा पुग्ने सो मन्त्रालयका महासाखा प्रमुख पशुपती पोखरेलले वताउनुभयो । मन्त्रालयले संचालनमा ल्याएको यो सुचना प्रणालीको विकासगर्न नेपाल कृषि वजार विकास कार्यक्रम, साना सिचाई कार्यक्रम तथा स्वइस विकास सहयोग नियोगले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन ।
सुचना प्रणालीमा कोशी प्रदेसका कृषि वजार व्यवस्थापन समिति धरान,कृषि वजार व्यवस्थापन समिति विर्तामोड, कृषि वजार व्यवस्थापन समिति इनरुवा, तथा पालिका स्तरिय सगरमाथ कृषि थोक वजार गाइघाट, कृषितथा पशुपन्छी वजार दुहवी नया सव्जी वजार दमक तथा जल्पादेवि कृषि उपज संकलनकेन्द्र धनकुटा आवद्ध छन ।


यो प्रणाली मार्फत कृषक तथा उपभोक्ताहरुले कृषि उपजको थोक वजार मुल्य थाहा पाउन इन्टरनेटको सुविधा भएको ठाउमा मन्त्रालयको वेवसाइट मार्फत तथा इन्टरनेटको सुविधा नभएको अवस्थामा मुल्य वुझन चाहेको वस्तुको नाम टाइपगरी ३७००१ मा म्यासेज पठाएमा उक्त वस्तुको सो दिनको मुल्यको जानकारी प्राप्त गर्न सकिन्छ ।
आगामी दिनमा कोशी प्रदेसमा संचालनमा रहेका सार्वजनिक तथा निजि वजारहरुलाई समेत सुचना प्रणालीमा समावेश गर्ने लक्ष्य लिइएको छ । सुचना प्रणालीमा कोशी प्रदेस वाहिरका वुटवल, पोखरा तथा काठमाण्डौका कृषि थोक वजारको मुल्य सुचनाहरु समेत सहज रुपले हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
सुचना प्रणालीमा उल्लेखनिय कृषि वजारको मुल्य सुचना दैनिक रुपमा आवधिक गर्ने गरिन्छ । दैनिक मुल्य सुची आवधिक गर्ने कार्य सम्वन्धित कृषि वजारको सुचना संकलकले मोवायल एप्लिकेशन प्रयोगगरि यस प्रणालीमा पठाउने व्यवस्था मिलाइएको छ ।


हरेक दिनको कृषि उपजको मुल्य सामान्यत विहान ७ वजे दिेखि ११ वजे सम्म अद्यावधिक गर्ने गरिन्छ । यस प्रणालीमा मोवाइल एप्स र कम्प्युटर दुवैवाट मुल्य वाद्यावधिकगर्ने व्यवस्था मिलाइएको छ ।
प्रणाली मार्फत कुन दिन, कुन वाली,कुन वजारमा कति परिमाणमा कारोवार भयो, कुन उपज कति परिमाणमा वजारवाट वाहिरियो तथा सवै भन्दा वढि घटवढ हुने वस्तु के के हुन भन्ने विषयमा समेत जानकारी गराइनै व्यवस्था मिलाइएको छ । कार्यक्रममा सुचना प्राविधि रेसिका कोइरालाले कृषि सुचना प्रणालीको विषयमा जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *