कुमोद अधिकारी विराटनगर
माघ २७ शनिवार
गिरी फाउण्डेसनले विराटनगर–८ मा आज निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सो वर्डाको ज्ञानकुन्ज प्राविमा फाण्डेसनले शिविरको आयोजना गरेको हो ।
शिविरमा विभिन्न वर्डाका ७ सय ५५ जनाले स्वास्थ्य उपचार सेवा लिएका थिए । त्यसमध्ये १ सय ८० जनाको ईसीजी जाच, २ सय ८५ जनाको व्लड सुगर जाच तथा अन्यले जनरल सेवा लिएको फाउण्डेसनका अध्यक्ष अभिषेक गिरीले वताउनुभयो ।

गिरी फाउण्डेसनको आयोजना तथा पारस अस्पताल विराटनगरको सहयोगमा शिविर संचालन भएको हो । शिविरमा जाच गराउन आउने हरुलाई ५ लाख वरावरको औषधी निशुल्क वितरण गरिएको थियो ।
सो वर्डावाट शुरु गरिएको स्वास्थ्य शिविर विराटनगरका १९ वटै वर्डामा क्रमस संचालनगर्ने लक्ष्य रहेको फाउण्डेसनका अध्यक्ष गिरीले वताउनुभयो । पारस अस्पतालका डा सफिउर रहमान सहितको चिकित्सको टोलीले सेवा प्रदान गरेको थियो । फाण्डेसनले सिक्षा, स्वास्थ्य लगायत विभिन्न सामाजिकक्षेत्रमा कार्य गर्दै आएको छ ।
