विराटनगरमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुदै

कुमोद अधिकारी विराटनगर
माघ २६ शुक्रवार
मोरङ जिल्ला क्रिकेट संघले विराटनगरमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आयोजन गर्ने भएको छ । संघले विराटनगरमा पत्रकार सम्मेलन गरि आगामी फागनु–२२ गते देखि चैत्र–३ गतेसम्म राष्ट्रिय टी–२० चैम्पियनसिप प्रतियोगिता आयोजनागर्न लागेको जानकारी गराएको छ ।
विराटनगर–१९ वैजनाथपुर स्थित गिरिजा प्रसाद कोइराला खेल मैदानमा आयोजना हुने सो प्रतियोगितमा सातैवटा प्रदेस तथा नेपालका विभागिय नेपाल प्रहरी, नेपाली सेना तथा सशत्र प्रहरी टिमगरि १० वटा टिमको सहभागिता रहने छ ।
विराटनगरमा पहिलो पटक यस प्रकारको राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुन लागेको हो । ७५ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको सोे प्रतियोगितमा प्रदेस तथा विभागिय टिमले २३ वटा मैचमा प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिता आयोजनाका लागि कोशी प्रदेस सरकार तथा नेपाल क्रिकेट संघको सहयोग रहने जनाइएको छ
मोरङ जिल्ला क्रिकेटसंघका अध्यक्ष मोहम्मद सादकुरेशीले क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्धिगर्दै क्रिकेट प्रतिभाको विकासगर्न प्रतियोगिता आयोजनागर्न लागेको वताउनुभयो । प्रतियोगिता सम्पन्नगर्न ठुलो रकम लाग्ने भएकाले सवैको सहयोगको अपेक्षा रहेको उहाले वताउनुभयो ।
पत्रकार सम्मेलनमा संघका सदस्य सर्वजित राज पाण्डेले यो प्रतियोगिताले कोशी प्रदेसको गुमेको क्रिकेटको वर्चस्व फर्काउने दावी गर्दै प्रतियोगिता सफल वनाउन सवैको सहयोग आवश्यक रहेको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *