कुमोद अधिकारी माघ २०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार ककार्कीले जनप्रतिनिधि आम नागरिकको सुखदुःखमा साथ हुनुपर्ने बताउनु भएको छ् । विराटनगर महागनरपालिका वार्ड न ६ मा आज आयोजित निःशुल्क स्वास्थ्य सिविरको समापन कार्यक्रममा उहाले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
नागरिकको स्वास्थ्य अवस्था कस्तो छ र त्यसमध्ये रोग देखिएकालाई अस्पतालसम्म पुर्याएर उपचार गराई स्वस्थ्य नागरिक बनाउने अभियानमा प्रदेस सरकार लागेको उहाको भनाई थियो ।

प्रदेश सरकारले १० वर्षमुनिमा बालबालिकाको निःशुल्क उपचार र शैलजा आचार्य हृदयरोग केन्द्रमा उपचार सुरू गरिसकेको भन्नुहुदै मुख्यमन्त्री कार्कीले आर्थिक अभावमा यश प्रदेशका कुनै नागरिकको मृत्यू हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
उहाले विराटनगमा देखिएको खानेपानीको समस्या समाधानका लागि ५ अर्बको योजना सम्झौता भइसकेको र अब आउँदो आर्थिक वर्षबाट प्रदेश सरकारले सर्वसाधारणलाई निःशुल्क खानेपानी उपलब्ध गराउने वताउनुभयो ।