मोरङको रंगेलीमा समुदायमा कांग्रेस अभियान तिव्र

कुमोद अधिकारी विराटनगर
माघ २० शनिवार
समुदायमा कांग्रेस अभियान अन्र्तगत मोरङ जिल्लामा नेपाली कांग्रेसले टोलटोलमा पुगेर स्थानियको समस्याका विषयमा संवाद र छलफलगर्दै विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।
अभियान अन्र्तगत विभिन्न मठमन्दिर , मस्जिद मदरसा तथा गौशाला तथा वजार नगरको सरसफाई देखि अस्पतालका विरामीलाई फलफुल वितरण साथै टोलटोलमा वृह्द रक्तदान कार्यक्रमको आयोजना गर्दै कांग्रेसले मोरङ जिल्लाका १७ वटै पालिकाका सवैवर्डामा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
सो क्रममा नेपाली कांग्रेस वर्डा कार्यसमिति रंगेली–७ ले सो वर्डामा रहेका कालीमन्दीर, सानसारी मन्दीर, दुर्गा मन्दीर हनुमान मन्दीर, छैठमाताको मन्दीर,मुण्डाकाली मन्दीर तथा मस्जिद मदरसा साथै सुक्रवारेको ग्रामथान र रंगेली गौशालाको सरसफाई गरेको छ ।


पार्टीका नेता, कार्यकर्ता तथा समुदायको सहभागितमा मन्दीर मस्जीद तथा गाउटोलमा वृहद् सरसफाई अभियान संचालन गरिएको नेपाली कांग्रेस कोशी प्रदेस प्र्रतिनिधि वेदमणी घिमिरेले वताउनुभयो ।
माघ १६ गतेवाट शुरु भएको यो अभियान १० दिन सम्म संचालन हुने छ । अभियानमा रंगेली नगरपालिका अन्र्तगतका ११ वटै टोल समिति परिचालन भएको घिमिरेको भनाई छ । उहाले अभियानमा उल्लेखनीय रुपमा सर्वसाधारणको सहभागिता हुने गरको वताउनुभयो


अभियानका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले रंगेली– ७ नम्वर वर्डाका लागि सुकदेव प्रसाद मण्डललाई प्रतिनिधि तोकेको छ उहाको सहभागितामा वर्डामा विभिन्न कार्यक्रम भइरहेका छन ।
यसै क्रममा नेपाली कांग्रेस वर्डा कार्य समिति रंगेली–७ ले आज वृह्द रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कालीमन्दीरको प्रांगणमा खुल्ला रक्तदान कार्यक्रममा आयोजना गरिएको थियो अभियान अन्र्तगत भोली आइतवार रंगेली अस्पताका विरामीलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको छ ।


नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिका सचिव मोदराज घिमिरेले समाजमा जाऔ र समाजको कुरा सुनौ भन्ने उदेश्यका साथ अभियान शुरु भएको र अभियानले पार्टीलाई थप संगगित र सुद्धिढ वनाउने वताउनुभयो । अभियानमा पार्टीको मात्र नभएर सवै राजनितिक दल तथा समुदायको सहभागिता रहेको उहाले वताउनुभयो ।
नेपाली कांग्रेसको हुलाकी सडक मेची–महाकाली संवाद कार्यक्रम अन्र्तगत यस अघि रंगेलीमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायत पार्टीका सिर्स नेताको सहभागितमा स्थानियसंग संवाद तथा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *