कुमोद अधिकारी विराटनगर
माघ १९
विराटनगर । कोशी प्रदेसका मुख्यमन्त्री केदार कार्कीले विराटनगर– १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा श्रमदान गर्नु भएको छ । मुख्यमन्त्री कार्कीले दरैयाको सुकुम्वासी वस्तीमा पुगेर जस्ताको छानासहितको घर निर्माणका लागि आज श्रमदान गर्नु भएको हो ।
घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र आफु र श्रीमती गरी पाँच जना परिवारका सदस्य एउटै सानो झुपडीमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।
घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायतका लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएको थियो ् । राईको घर निर्माणमा प्रतिनिधिसभा सदस्य सांसद योगेन्द्र मण्डलले समेत श्रमदान गर्नु भएको थियो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरीव, दलित, सुकुम्वासीको समेत भएकोले सरकार साथमा छ भन्नका लागि घर निर्माणमा श्रमदान गरेको बताउनुभयो ।
विपन्न गरीवलाई सरकारको अनुभूति गराउनुका साथै निर्वाचनको बेलामा गरेको वाचा पूरा गर्नसमेत श्रमदान गरेको वताउदै गरीवका दुःख समाजका सबैले बुझेर एकअर्कालाई पारिस्परिक सहयोगको भावनाको विकास हुनुपर्नेमा उहाले जोड दिनुभयो । समाजिक सञ्जालमा रमाउने अहिलेका युवाहरूमा विकास निमार्णमा सहभागी गराउनका लागि पनि श्रमदान गरेको उहाको भनाई थियो ।