कटहरी गाउपालिकाको दोश्रो गाउसभाको चौथौ अधिविशेनको दोश्रो वैठक सम्पन्न

कुमोद अधिकारी विराटनगर
माघ १९ शुक्रवार
मोरङको कटहरी गाउपालिकाको दोश्रो गाउसभाको चौथौ अधिविशेन दोश्रो वैठक आज सम्पन्न भएको छ । गाउपालिकाको कार्यालयमा आयोजित सो अधिवेशनको दोश्रो वैठकमा आवश्यता अनुसारका योजना थपघटका लागि प्रस्ताव गरिएको थियो
वैठकमा साढे ८० लाख रुपैया वरावरका ३० वटा योजना नया थप गरेको र सोही शख्यामा योजना घटाउदै योजना कार्यक्रम संशोधनका लागि प्रस्ताव गरिएको थियो ।
सो पालिकाका अध्यक्ष देवराज चौधरीले योजनाहरुको प्रभावकारी कार्यान्वयका लागि आवश्यकता अनुसार योजना थपघट गर्दै कृषि तथा सिक्षा क्षेत्रको विकासमा थप नया योजना तथा कार्यक्रम ल्याएको वताउनुभयो ।
उहाले माटो परिक्षणगर्न पालिकाले ५ लाख रुपैयाको लागतमा माटो जाच मिनि ल्याप स्थापनाका लागि प्रस्ताव ल्याएको वताउनुभयो । यस अघि माटो तथा वाली जाच उपचार सिविरका लागि ६ लाख रुपैया पालिकाले वजेट विनियोजन गरेको थियो ।कृषकको माग अनुसार मिनी ल्याप स्थापना गर्न प्रस्ताव ल्याइएको र त्यो चाडै कार्यान्वयनमा आउने अध्यक्ष चौधरीले वताउनुभयो ।


शत प्रतिशत अनुदानमा वर्षे सिजनको तरकारी मिनिकिट वितरण,तुलसी खेतीगर्ने किसानलाई थप रकम अनुदान,कक्षा, ५ र ८ को स्तर मापन परिक्षा संचालन ,विद्यालयमा इ–हाजिर जडान, विद्यालयलाई व्यववस्थित वनाउन डेक्सवेन्च खरिद तथा वितरण अग्रेजी माध्यमको पठनपाठनका लागि पाठयसमाग्री खरिद तथा वितरण, ५० प्रतिशत अनुदानमा मकै तथा गहुको विउ खरिद एंव वितरण तथा विभिन्न वर्डामा सडक तथा पुर्वाधर निमार्णका नया योजनाहरु थप गर्दै आवश्यकता अनुसार वजेट विनियोजनका लागि वैठकमा प्रस्ताव गरिएको थियो । वैठकमा आएका सवै प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।
वैठकमा सो पालिकाका उपाध्यक्ष सितादेवी राजवंशीले योजना तथा कार्यक्रम संशोधन गर्ने सम्वन्धमा प्रस्ताव पढेर सुनाउनु भएको थियो ।


गाउपालिका प्रमुख प्रसाशकीय अधिकृत मनोजकुमार साहले आवश्कता अनुसार योजना तथा कार्यक्रम संशोधन गर्दै आवश्यकता अनुसार वजेट विनियोजन गरिएको प्रष्ट पार्नुभयो ।
वैठकमा पालिकाको सातै वर्डाका वर्डा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले योजना कार्यान्वयनमा जोड दिनु पर्ने वताउनुभयो । वैठकमा उठेका विषयलाई संवोधन गर्नुहुदै पालिका अध्यक्ष चौधरीले कृषिक्षेत्र लगायत सामाजिक कार्यलाई वढावा दिनेगरि वर्डाले योजना तथा कार्यक्रम वनाउनुपर्ने वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *