क्यान्सर उपचार सहयोगार्थ विभिन्न कार्यक्रमको आयोजना हुदै

कुमोद अधिकारी विराटनगर
माघ १८ विहिवार
क्यान्सर रोग उपचारको पहुचको दुरीलाई घटाउदै जाने सकल्प सहित क्यान्सर विरामी उपचार सहयोगार्थ विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना हुने भएको छ ।
रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट विराटनगरले विश्व क्यान्सर दिवसको अवसरमा यहि माघ –२१ गते आइतवारका दिन आशा क्लोज द केयर ग्याप अर्थात क्यान्सर उपचारको पहुचको दुरीलाई वन्द गरौ, भन्ने नाराका साथ जनचेतना मुलुक विभिन्न कार्यक्रम गर्न लागेको हो ।
विराट क्यान्सर इन्स्टिच्युट आशा क्लोज द केयर ग्याप टिमले विराटनगरमा आज पत्रकार सम्मेलनगरि जनमानसमा क्यान्सर सम्वन्धि जनचेतना फैलाउन सो दिन एकैथलोमा १५ वटा भन्दा वढि कार्यक्रम आयोजनागर्न लागेको जानकारी गराएको छ ।
जस अन्र्तगत स्कुलका विद्यार्थीहरुको ¥याली,साइकल ¥याली, स्कुटर ¥याली,कार ¥याली,म्याराथन, मेडिटेसन,मास कार्डियो, क्यान्सर जित्नेहरुको सफल्ताको कथा क्यान्सर रोग विशेषज्ञद्धारा जनचेतना सम्वन्धि प्रस्तुती लगायतका कार्यक्रम आयोजन ागर्न लागिएको विराट मेडिकल कलेज टिचिङ अस्पतालका सिइयो डा निकीता कार्कीले वताउनुभयो । कार्यक्रम वाट संकलित रकम सो अस्पतालमा उपचार गराइरहनु भएका क्यान्सर विरामीको उपर्चाथमा सहयोग गरिने छ ।


क्यान्सर सम्वन्धि जनचेतनाको विकासगर्दै रोगको जोखिमलाई वेलैमा पहचान र प्रमाणितगरि ्रोकथाम र उपचारको पहुचलाई प्रभावकारी वनाउन सके ३० देखि ५० प्रतिशत यो रोगको रोकथाम गर्न सकिने डा कार्कीले वताउनुभयो ।
विश्व क्यान्सर दिवसको अवसर पारेर सोही दिन रेवन्त–रुकमणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको पनि उद्घाटन गरिन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । विराट टिचिङ अस्पताल परिसरमा निमार्ण गरिएको सो इन्स्टिच्युटको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइराला र कोशी प्रदेसका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *