खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको दोश्रोे त्रैमासिक प्रगति सार्वजनिक
कुमोद अधिकारी विराटनगर
माघ १६ मंगलवार
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आर्थिक वर्ष ०८०÷०८१ को दोश्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । उपभोक्तावादी संघसंस्था तथा मातहतका डिभिजन कार्यालयका प्रमुखको सहभागितामा कार्यालयले सोमवार एक कार्यक्रमको आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेको हो ।
कार्यालयका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले खाद्य स्वच्छता र अहिलेको अवस्था तथा चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा अखाध्य रंगको प्रयोग, खाद्य मिसावट तथा पत्रपत्रिका तथा काजगमा खाद्य सामग्री राखेर खादा मानव स्वास्थ्यका लागि हानिकारका हुने र यस्को प्रयोगलाई कसरी रोक्ने भन्ने विषयमा सरोकारवाला संग छलफल भएको थियो ।
सो अवसरमा कार्यालयले ६ महिना यता २६ सय खाद्य तथा दाना पदार्थको नमुना परिक्षण गरेको र कार्यालयमा रहेको खाद्य तथा दाना प्रयोगशालाले अन्तराष्ट्रीय मान्यता प्राप्त गर्नुका साथै सो प्रयोगशालामा गरिएको खाद्य परिक्षण विश्वसनिय रहेको भन्ने विषयमा जानकारी गराइएको कार्यालयका सुचना अधिकारी समेत रहनु भएका खाद्य अनुसन्धान अधिकृत सुवेदीले बताउनुभयो ।

कार्यक्रममा कार्यालयको बजेट तथा खर्च विवरण राजश्व प्रगति, भारित तथा वित्तिय प्रगति,मुद्धा दायर सम्बन्धि विवरण सुशासन सम्वन्धि कार्य तथा अखाद्य रंग प्रयोग गरिएको कटन क्यान्डी सम्वन्धि सुचनाका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सो कार्यालयका कार्यालय प्रमुख विजय खनालले दषित तथा न्युन स्तरको खाद्य उत्तपादन एंव विक्रि वितरण गर्ने उधोग उपर मुद्धा दायर गरिएको वताउनुभयो ।
कार्यालयले बजार अनुगमनलाई तिव्रता दिएको भन्नुहुदै उहाँले ६ महिना यता न्यूनस्तरको खाद्य उत्पादन गरि विक्रि गर्ने मोरङ जिल्लाका १७ वटा उधोग उपर कार्यालयले अदालतमा मुद्धा दायर गरेको जानकारी गराउनुभयो ।
उपभोक्तावादी संस्थाका अध्यक्ष उत्तम ढुंगेल तथा कृष्ण प्रसाद मार्सेलीले अखाद्य वस्तुको विक्रि वितरण एंव नियन्त्रणमा जोड दिनु भएको थियो ।
कार्यक्रमा कार्यालयले सेवा प्रभाह गर्ने क्षेत्र ठुलो भएपनि कार्यालयमा दरवन्दी अनुसार कर्मचारी नहुदा अनुगमनमा समस्या हुने गरेकाले त्यसतर्फ सम्वन्धित निकायको ध्यान जानुपर्नेमा समेत सहभागिहरुले जोड दिनु भएको थियो ।