४० लाखको लागतमा होटल संचालन

कुमोद अधिकारी
मोरङ,१५ माघ ः
कोशी प्रदेशका पर्यटन , वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले विदेशी अतिथिलाई गरिने राम्रो व्यवहार र स्वागतले पर्यटक आवागमन वृद्धि हुने बताउनु भएको छ।
विराटनगर–४ मा संचालनमा आएको कटुवाल होटलको आज उद्घाटन गर्दै उहाँले छिमेकी देश भारतका सीमावर्ती प्रान्तहरुका १७ करोड जनताको चाहना अनुसार खाद्य परिकारको व्यवस्था गरेर पर्यटकको आगमनमा वृद्धि गर्नसके विदेशी मुद्रा आर्जन गर्न सहज हुने वताउनुभयो ।
गुणस्तरीय र स्वच्छतालाई पहिलो प्राथमिकता दिन होटल व्यवसायीहरुलाई आग्रह गर्दै उहाँले विदेशी मुद्राको आयको मुख्य स्रोत पर्यटन क्षेत्र भएकोले यस क्षेत्रको विकासमा सरकारको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
स्वदेशी तथा छिमेकी भारतीय पर्यटकलाई आकर्षणका लागि गुणस्तरीय खाद्य परिकारको होटलले व्यवस्था गरेको भन्दै व्यवसाय संचालन सहज वतावरण वनाउन होटल सञ्चालक मणिन्द्र कटुवालले आग्रह गर्नुभयो । ठुला होटलहरुलाई सरह साना तथा मझौला होटलहरुलाई समेत लगानीका लागि सहज ऋणप्रभा हुने वातावरण वनाउनुपर्नेमा उहाले जोड दिनुभयो ।
विगत २६ वर्षदेखि सुनसरीको इटहरीमा सञ्चालित होटल जन चाहना अनुसार विराटनगरमा शाखा सञ्चालनमा ल्याएको बताइएको छ।
शाकाहारी तथा माँसहारी खाद्य परिकार प्राप्त हुने यस होटलमा मम देखि पिजा उपलव्ध हुने जनाइएको छ। ४० लाख रुपैयाको लागतमा सो होटल संचालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *