माघ ११, कुमोद अधिकारी
विराटनगर महानगरपालिका वडा नं ८ ले विहिवार वडामा रहेका स्वास्थ्य स्वयंसेविका तथा सरकारी विद्यालयका शिक्षीकाहरुसंग एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हाटखोला स्थित गीता मन्दिरमा भएको कार्यक्रममा माइती नेपालकी मनोसामाजिक परामर्शदाता गितान्जली शर्माले मानव वेचविखन र बालयौन शोषण विरुद्धको विषयमा अभिमुखिकरण दिनुभएको थियो ।

कार्यक्रमममा हाल समाजमा वालवालिकाहरुले भोग्दै आएका बिषय,बेचविखनको नयाँ शैलीहरुको बारेमा र सामाजिक सञ्जालको प्रयोगमा अभिभावकले खेल्नुपर्ने भुमिका ,सञ्जालका उपयोग र दुरुपयोग लगाएतका षियमा जानकारी गराइएको थियो ।

वडा नं ८ का अध्यक्ष राम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले वडाले आगामि दिहरुमा यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने विश्वास दिलाउनु भयो । कार्यक्रमका सहभागीहरुले अभिमुखिकरण दिएका कुराहरुलाई विद्यालय तथा समाजमा लागु गर्ने प्रतिवद्धता जनाउनुभयो ।