असोज २२ शनिवार
आगामी मंसिर–४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागी मोरङ जिल्लामा साढेसात हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
मोरङ जिल्लामा एक महानगरपालिका सहित १७ वटा स्थानिय तह रहेका छन । आगामी निर्वाचनका लागी मोरङमा ३ सय ६ मतदान स्थल र ८ सय ३९ मतदान केन्द्र तोकिएका छन । स्थानियतहको निर्वाचनमा मोरङमा ३ सय मतदान स्थल रहेका थियो ।
आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी , राष्ट्रिय अनुसन्धान प्रहरी तथा म्यादी प्रहरी सहित साढे सातहजारको संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने गरी व्यवस्था मिलाइने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वताउनुभयो । मोरङ जिल्लाले तराई तथा पहाडी भुभागलाई समेटेको छ ।
सुरक्षाको दिष्टिकोणले जिल्लाका ५० वटा मतदान स्थललाई अती सम्वेदनशिल, १ सय ४४ वटा सम्वेदनशिल तथा १ सय १२ वटा मतदान स्थललाई समान्य मतदानकेन्द्र तोकिएको छ । मतदान स्थल तथा जिल्लाको भौगोलिक अवस्थाको आधारमा सुरक्षा व्यवस्था मिलाइने जनाइएको छ
मतदान स्थाल तथा मतदान केन्द्रलाई नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी तथा म्यादि प्रहरी सहित चारवटा घेरामा राखिनेगरि व्यवस्था मिलाइने छ ।
निर्वाचनको समयमा मोरङ जिल्लाका पहाडी भेग लगायत जुनसुकै गाउबस्तिमा केहि घटना भए आधा घन्टा भित्र थप सुरक्षाकर्मी पुग्नेगरी सुरक्षा व्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी दाहालले वताउनुभयो ।
निर्वाचनका लागी मतदान स्थाल लगायत हरेक ठाउमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहने गरि व्यवस्था मिलाउने र यदि कतै कुनै घटना भएमा आधा घन्टा भित्र थप सुरक्षाकर्मी पुग्ने गरि हेलिकप्टरको व्यवस्था सहित सुरक्षाकर्मी हाई एर्लटमा राखिने उहाले वताउनुभयो ।
मोरङका प्रहरी प्रमुख एसपी शान्तीराज कोइरालाले आगामी निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सिमाक्षेत्र लगायत जिल्लाभरी सुरक्षा व्यवस्था सुद्धिढ वनाएको वताउनुभयो ।
विराटनगर महानगरपालिका सहित सातवटा पालिका भारतको सिमानासंग जोडिएका छन ।