तारिणीप्रसाद कोइराला स्मृति संचारग्रामको पूर्णरुपमा सञ्चालनका लागी छलफल

असोज १५

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज विराटनगर ४ खार्जी स्थित तारिणीप्रसाद कोइराला स्मृति संचारग्रामको आज अवलोकन एंव निरीक्षण गर्नुभयो ।
सो अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक वुद्धिवाहादुर केसीले संचारग्रामको हालसम्मको कामको प्रगती तथा त्यस्को उदेश्य वारे महानगरपालिका प्रमुख लाई जानकारी गराउनु भएको थियो ।
संचारग्रामको निरीक्षण एंव अवलोकन पछि छलफल कार्यक्रममा महानगरपालिका प्रमुख कोइरालाले तारिणीप्रसाद कोइरालाको योगदानको स्मरणगर्दै संचारग्राममा संचालनमा आएको महानगर एफ.एम , संचारकर्मीहरुको तालिम प्रशिक्षण , गित संगित उत्पादन, खोज अनुसन्धान , सवै खालको संचारकर्मीसंगको अन्तरक्रिया तथा संचारग्रामले आगामी दिनमा सम्पन्न गर्नै इ लाइवेरी, रेडियो म्युजियम जस्ता विषयलाई यथासिघ्र कार्यान्वयनगर्ने विषयमा सवैपंक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
रेडियो नेपालका कार्यकारी निदेशक वुद्धिवहादुर केसीले संचारग्रामको जग्गा, भवन हस्तान्तरण तथा निकट भविष्यमा संचारग्रामलाई पुर्ण रुपमा संचालन गर्न सरोकारवाल विच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेस न १ का अध्यक्ष लिलावल्लभ घिमिरे, महानगरपालिका प्रमुखका प्रेस संयोजक मिनकुमार नवोदित श्रेष्ठ , महानगरापलिका प्रमुखका राजनितिक सल्लाहकार डिकप्रसाद घिमिरे तथा संचारकर्मीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *