कोशी अस्पतालमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार कार्यक्रमको शुभारम्भ

कुमोद अधिकारी विराटनगर
पुष १४ शुक्रवार
कोशी अस्पताल बिराट्नगरमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार कार्यक्रमको शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलको उक्त सेवा बिस्तार कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
सेवा बिस्तार कार्यक्रममा डाक्टर उन्नत श्रेष्ठलेले अन्य भिन्न काम गर्ने नभइ अस्पतालको सेन्टरमा भइ रहेको सेवालाई बिस्तार र ब्यबस्थित गर्न महत्त्वपूर्ण योगदान दिने बताउदै सन्क्रमित सबैले सेवा मा पहुच प्राप्त गर्न सकुन भन्ने उदेश्यका साथ यो कार्यक्रम कोशी अस्पताल सुरु गरिएको बताउनु भयो ।
अस्पतालको सेन्टरमा सेवा लिन आउने बिरामीहरुको सामान्य सल्याकृयाका केसहरु समेत रिफर हुने परिपाटीलाई अन्त्य गर्न यो सेवा बिस्तारले महत्वपूर्ण योगदान दिने छ ।
विभिन्न सेवा बिस्तार गर्दै अघि बढ्नका लागि एड्भोकेसीको समेत काम गर्नेब्ज्ँ एसिया ब्युरो तथा मार्केटिङ प्रमुख दिपक ढुङ्गेल ले जानकारी दिनु भयो ।
त्यस्तै कन्ट्री म्यानेजर दिब्यराज जोशीले कोशी प्रदेशमा को पहिलो सेवा रहेको र बढी भन्दा बढी संक्रमित लाई कसरी सुरक्षित सेवा दिन सकिन्छ भन्नेमा आफुहरुको ध्यान केन्द्रित हुने बताउनु भयो ।
त्यस्तै संक्रमितको पक्षमा काम गर्ने सस्थाका अध्यक्ष खगेन्द्र खडकाले कोशी प्रदेशमा पनि रहन पर्छ भनेर आफुहरुले धेरै समय देखि माग गरिरहेकोमा सो सेवा बिस्तारले अस्पतालमा उपचारका लागि सेवाग्रहिले अन्यत्र जानू पर्ने बाध्यताको अन्त्य हुनेमा आफू बिश्वसत रहेको बताउनुभयो ।


स्वास्थ मन्त्रालयका सचिब पोखरेलले स्वास्थकर्मीमा नै अझै पनि एच आइ भि सन्क्रमितलाई उपचार गर्दा आफुलाइ रोग सर्न सक्छ भन्ने डरका कारण बिरामी रेफर भएर अन्यत्र जान बाध्य रहेका कारण यो अवस्थाको अन्त्य हुनु पर्नेमा जोड दिदै सो बिषयमा बिचार पुर्याउन कोशि अस्पतालका मे सु लाइ निर्देशन समेत दिनु भयो ।
साथै प्रदेशमा ठुलो अस्पतालका रुपमा रहेको कोशीले यस्ता सेवाहरु सुरु गर्दा राम्रो सन्देश जाने र यसका लागि स्वास्थ मन्त्रालय बाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताउनु भयो ।
त्यस्तै रास्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र का निर्देशक डाक्टर संजय कुमार ठाकुरले संक्रमण रोक्दै नयाँलाई संक्रमण हुन नदिन जिरो जिरो को अवधारणामा जानू पर्नेमा जोड दिदै बजेट समेत विकेन्द्रीकरण गर्ने र सबै सेवा स्थानीय तह र प्रदेशबाटै हुने वातावरण मिलाउन आफुहरु लागि परेको बताउनु भयो ।
साथै कोशी अस्पतालका मे सु डाक्टर चन्द्रभाल झाले सेवालाइ अझ प्रभावकारी बनाउन अस्पताल बाट दिनुपर्ने सेवालाइ अझ प्रभावकारी बनाइ कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रम समुद्घाटन पश्चात् स्वास्थ सचिव पोखरेलले ब्च्त् सेन्टरको अवलोकन गर्दै अझ ब्यबस्थित गरेर कार्य संचालन गर्न निर्देशन दिदै रिपोर्टको सवालमा स्थानिय प्रदेश देखि केन्द्र सम्म सहि रिपोर्ट पठाउन निर्देशन दिनु भयो ।
कार्यक्रममा अस्पतालका कर्मचारी जागृती खड्काले संक्रमणको अवस्था , बिरामीको संख्या र सेवा लिन आउनेको अवस्था आदिका बारेमा जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *