मोरङको धनपालथान गाउपालिकामा सामुदायिक खाद्य वैंक संचालनमा

कुमोद अधिकारी विराटनगर
पुष १४ गते शनिवार
विपद्को अवस्थामा सहज रुपले खाद्यवस्तु उपलव्ध गराउन मोरङको धनपालथान गाउँपालिकामा सामुदायिक खाद्य बैंक संचालनमा आएको छ ।
विश्व खाद्य कार्यक्रमको आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा खाद्य वैंक संचालनमा आएको हो ।
गाउपालिका परिसरमा निर्माण गरिएको सामुदायिक खाद्य बैंकको उद्घाटन संगै परियोजनाले खाद्य वैंकको भवन पालिकालाई हस्तान्तरण गरेको छ । खाद्य वैंकको धनपालथान गाउपलिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदार तथा उपाध्यक्ष नसिमावानो ले सयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
स्थानीय स्तरमा खाद्य सञ्चितको अवस्थालाई सुनिश्चित गरी प्राकृतिक विपदमा परेका समुदायलाई खाद्य उपलब्धतामार्फत खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यले स्थानीय तहसँगको साझेदारीमा बैंकको स्थापना भएको हो ।


विगतका वर्षको तुलनामा नेपालमा कुपोषणको दर क्रमशः घट्दै गएको छ। अझै पनि पोषणका कतिपय सूचकमा कोशी प्रदेशको अवस्था सुधार हुन बाँकी रहेको अवस्थामा खाद्य वैंक उपयोगी हुने पालिका अध्यक्ष गच्छदारको भनाई छ ।
बाढी, खडेरी जस्ता प्राकृतिक प्रकोपको बढी जोखिममा रहेकाले यस क्षेत्रमा बहुआयामिक गरिबी कमजोर पूर्वाधारको अवस्थाले खाद्य तथा पोषण सुरक्षाको स्थितिमा प्रतिकुल असर पारेको देखिएको छ।
सामुदायिक खाद्य बैंकले कुपोषित र यसको जोखिममा रहेका गर्भवती, सुत्केरी ,बालबालिका र विपद्को समयमा लक्षित तथा आवश्यक परेका परिवारहरूलाई स्थानीय किसानहरूबाट खाद्यान्न खरिद गरी निःशुल्क वा सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइने वैंकको लक्ष्य रहेको छ ।
बैंक मार्फत सामुदायिक विद्यालयहरूमा सञ्चालन भइरहेको विद्यालय दिवा खाजा कार्यक्रमको लागि आवश्यक खाद्य वस्तुहरू आपूर्ति र बिक्री गर्न सहज हुने पालिकाका उपाध्यक्ष नसिमा वानोको भनाई छ ।
विपद्को जोखिम न्युनिकरण र विपद्का कारण समस्यामा परेका परिवारलाई सहज रुपले खाद्यान्न उपलव्ध गराउन खाद्य भण्डारनका लागि सो पालिका परिसरमा खाद्यवैंक निमार्ण गरि संचालनमा ल्याइएको पालिकाका प्रमुख प्रसासकिय अधिकृत दिपेसकुमार झाले वताउनुभयो ।
धनपालथान गाउपालिकाले आफनो पालिकालाई पोषण मैत्री पालिकाका वनाउन विभिन्न कार्यक्रम समेत संचालन गर्दै आएको छ
सो पालिकाका स्वास्थ्य साखा प्रमुख ऋषिराज सेठले पालिकाको पोषणमैत्री अभियान संचालनमा खाद्यवैंक उपयोगि हुने वताउनुभयो


मोरङको दक्षिणवर्ती सिमानासंग जोडिएको सो पालिकामा सवै जाति समुदायको वसोवास रहदै आएको छ । पालिकाका अध्यक्ष गच्छदारले पालिकाले वजेट व्यवस्थापन गरेर अहिले देखीनै खाद्यवैैंकमा खाद्य वस्तुको भण्डारन गरिने वताउनुभयो ।
कार्यक्रममा नेपाल जनस्वास्थय तथा सिक्षा समुह नेफेगका अध्यक्ष सुशिलराज दाहाल, विश्व खाद्य कायृक्रम आमा तथा वालस्वास्थ्य पोषण परियोजनाका उप–प्रमुख कृष्ण योगीले खाद्य वैंकको महत्व र त्यस्को प्रभावकारी कार्यान्वयनमा जोड दिनु भएको थियो ।
परियोजनको सो कार्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न कोशी प्रदेशमा नेपाल जनस्वास्थ्य तथा शिक्षा समूह (नेफेग)ले प्राविधिक सहयोग उपलव्ध गराइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *