शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु

कुमोद अधिकारी विराटनगर
पुष ४ वुधवार
कोशी प्रदेस सरकारले विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रियासुरु भएको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षको अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयकमा विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदय रोग केन्द्र बनाउन बजेटमा व्यवस्था गरेको हो ।
न्याम्सको उपकुलपति भूपेन्द्र बस्नेत, रेक्टर डा. लोचन कार्की, नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा. अनिल बिक्रम कार्की, मुटु रोग विशेषज्ञ प्राध्यापक डा. भगवान कोइराला, काउन्सिलका सह–कोषाध्यक्ष डा. बिक्रान्त ढकालल गायतका टोलीले उक्त हृदय रोग केन्द्र सञ्चालनका लागि आजवाट अध्ययन थालेको छ । टोलील्े कुन मोडेलमा, कसरी, कति क्षमतामा र के के सेवाबाट हृदय केन्द्र सञ्चालन गर्ने बारे अध्ययन थालेको हो ।
कोरोना महामारीकालमा प्रदेश सरकारले कोभिड अस्पताल सञ्चालन गरेको उक्त अस्पतालको भवन, उपकरण, जनशक्ती, ऐन, नियम, निर्देशिका लगायतको बारेमा अध्ययन सुरु गरेको डा. कोइरालाले बताउनुभयो ।


उक्त संक्रामक रोग तथा सघन उपचार केन्द्रमा नेगेटिभ प्रेसरसहितको २४ वटा आईसीयू, २० वटा आईसीयू, ४७ वटा एचडीयू र८१ वटा सामान्य शैय्या, इसिजी, एक्स–रे सेवा, एक सय ५० सिलिण्डरको दुई वटा अक्शिजन प्लाण्ट, वेष्ट म्यानेजमेण्ट रहेको छ । ्
सो केन्द्रमा अहिले ओपिडी सेवा सञ्चालनमा रहेको केन्द्रका प्रशासन प्रमुख अनुपम राजबंशीले बताएका छन् । उक्त केन्द्रस“गै रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नेपालमा उपलब्ध सबै प्रयोगशाला सेवा उपलब्ध रहेको छ ।
हृदय रोग विशेषज्ञ प्राडा. कोइरालाले संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रहेको जग्गा, भौतिक संरचना, उपकरण, जनस्वास्थ्य प्रयोगशालाले हृदय रोग केन्द्र मात्रै नै नभई अन्य धेरै सेवा सञ्चालन गर्ने अवस्था रहेको तर हामीले अहिले कहा“ र के के सेवाबाट हृदय रोग केन्द्र सञ्चालन गर्ने बारे अध्ययन थालेको बताउनुभयो ।


संघन उपचार केन्द्रमा रहेको आईसीयू, एचडियूलगायतका उपकरणहरु कोरोना महामारीपछि प्रयोग विहिन रहेकाले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले उक्त उपकरणहरुको उपयोग गरेर हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु गरेको बताउनुभयो ।
‘संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई अबको एक महिनाभित्र शैलजा आचार्य हृदय रोग केन्द्रको रुपमा सञ्चालन गर्छौं,’ उहाले भन्नुभयो ‘त्यसका लागि काठमाडौंबाट हृदय रोग विशेषज्ञ प्राडा. भगवान कोइराला लगायतका विशेषज्ञ टोली बोलाएर सञ्चालनको तयारीमा जुटेका छौ ।’
विशेषज्ञ टोलीले दिएको सल्लाह, सुझावका आधारमा सम्पूर्ण तयारी गरेर हृदय रोग केन्द्र सञ्चालन गरेर यस प्रदेशका मुटु रोगीहरुलाई सेवा प्रवाह गर्ने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *