एमबिबिएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ग्रीनल्याण्ड कलेजका ८ जना सम्मानीत

विराटनगर । विराटनगरस्थित ग्रीनल्याण्ड कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
मंगलबार एक कार्यक्रमको बीच ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

ग्रीनल्याण्डका ईसान सिंह यादब, अमित यादब, रोहन कुमार प्रभाकर, सबिना चौधरी, अनमोल झा, कृपा खड्का, शत्रुधन साह र आकृति बस्नेतलाई सम्मान गरिएको हो । उहाँहरुलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख कोइरालालले विराटनगर शैक्षीक क्षेत्रको हव बन्दै गएको बताउनुभयो । एउटै विद्यालयका आठजना विधार्थीहरुले पुर्ण छात्रवृतिमा नाम निकाल्नु कोशी प्रदेशकै लागि गौरवको विषय भएको कोइरालाको भनानइ थियो ।

एमबीबीएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने विद्यार्थी अमित यादबले कक्षा कोठा र घरमा नियमित १५ घण्टा सम्म पढेर यतिको सफलता पाएको बताउनुभयो । कलेजका प्राध्यापक शिव नारायण यादवले विधार्थीहरुको कडा मेहनत र परिश्रमका कारण कोशी प्रदेशमै पहिलो पटक यो कलेजले एमविविएसका लागि सवैभन्दा बढि विद्र्याथीले छात्रवृतिका लागि नाम निकालेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *