विराटनगरको सातघुम्तीको कवाडी गोदाममा आगलागीमा परी तीनजना मृत्यु भएको छ ।
विराटनगर–७ का दिपक मण्डलको विराटनगरको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यू भएको थियो भने घटनास्थलमै जलेर सुशीला पासवानको मृत्यू भएको थियो ।
उपचारका लागि नेपाली सेनाको जहाजबाट काठमाडौं लगिएका घाइते मध्ये सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो संगै विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार दिउँसो आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
‘उपचारका लागि काठमाडौं पठाइएका चारमध्ये सुनिता कामतको उपचारको क्रममा निधन भएको छ’, मोरङ प्रहरी प्रवक्ता रन्जन दाहालले भन्नुभयो । ‘

घाइतेहरुलाई नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो ।
आगलागीमा परी विराटनगर–६ की ६० वर्षीया रीता सरदार, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन् ।
सातघुम्तीमा रहेको कवाडी गोदाममा दिउँसो २ः०० बजेतिर एक्कासी आगलागी भएको थियो ।
आगलागी प्रहरी,शसस्त्र प्रहरी, नेपाली सेना, बारुणयन्त्र र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागी बाट भएको क्षति विवरण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।