ऐतिहासिक निशानयात्रामा हजारौं सहभागी

विगतका वर्षहरुका जस्तै यसवर्ष पनि महा–नवमीका दिन पैदल निशान ध्वजा यात्रा निकालिएको छ । विगत ६ वर्षदेखी विजया दशमीको महानवमीका दिन निशान यात्रा आयोजना हुँदै आएको छ ।
विराटनगर स्थित काली मन्दिरबाट आज विहान निशान यात्रा शुरु भएको हो । यो यात्रामा विराटनगर देखी भक्तजनहरु पैदल हिडेर २४ किलोमिटर पुर्वमा रहेको रंगेली स्थित ऐतिहासिक कालि मन्दिर पुग्ने गर्दछन । सो काली मन्दिरमा पुगेर माताको पुजाआजा गर्दै भक्तजनहरुले निशान ध्वजा चढाउने गदर्छन ।
पैदल हिडेर ध्वजा चढाउदा मनोकामना पुरा हुने विश्वास रहि आएकाले यो यात्रामा भक्तजनहरुको उल्लेखनिय सहभागिता छ ।
विहान निकालिएको निशान यात्रामा ५ हजार बढि निशान यात्रीको सहभागिता रहेको छ ।
निशान यात्रामा सहभागीहुने भक्तजनहरुलाई छालाका जुत्ता , चप्पल, पेटी लगायत छालाका कुनैपनि सामानको प्रयोग गर्न निषेध गरिएको छ । आयोजक समितिले विराटनगर लगायत विभिन्न ठाउँबाट आएका निशान यात्रीलाई पुनं आफनो घर फर्कनका लागी सवारी साधनको व्यवस्था मिलाइएको छ ।


यात्रीहरुको सहयोगका लागी विराटनगर देखी रंगेलीसम्म विभिन्न ठाउँमा निशान यात्रीको विश्रामको व्यवस्था मिलाएको छ ।
निशानयात्राले विराटनगरको काली मन्दिर तथा रंगेलीको प्राचिन काली मन्दिर र सानसारी माताको मन्दिरलाई जोडने काम गरेकाले पनि निशान यात्राको ठुलो धार्मिक महत्व रहदै आएको रंगेलीका स्थानिय राजेश मिश्राले बताउनुभयो ।
रंगेली स्थित सानसारी मन्दिर पुगेपछि ठुलो संख्यामा भक्तजन सहभागी भई बाजागाजा सहित माताको पुजा हुनेछ । रंगेली नगरपालिकाको अगवाईमा भएको निशान यात्रामा सहभागी भतmजनहरु अपरान्ह तीनबजे कालीमन्दिर पुग्ने जनाइएको छ ।
यात्रमा नेपालका मात्र नभएर भारतीय सिमावर्तीक्षेत्रका साथै मोरङ, सुनसरी, झापा लगायत विभिन्न जिल्लाका भक्तजनको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *