मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्धारा प्रहरीलाई विपद् ब्यवस्थापनाका सामग्री हस्तान्तरण


असोज ४ विहिवार

विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई विपद्का सामान हस्तान्तरण गर्नुभएको छ ।
सबै प्रकारको सुरक्षा ब्यवस्था सुदृढ बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको भुमिका महत्वपुर्ण रहेको बताउदै उहाँले प्रहरीको भुमिकाको प्रशंसा गर्नुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनमा विराटनगरमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई विपद्का सामान हस्तान्तरण कार्यक्रममा उहाँले पर्याप्त कानुन नहुदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि प्रदेश सरकारले आवश्यक काम गर्न नसकिरहेको बताउनुभयो ।


सिमीत साधनश्रोतका बावजुद पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरिरहेको कामको सरहाना गर्दै मुख्यमंत्री कार्कीले केहि दिनमा कोशी प्रदेशको बजेट पासहुने र बजेट थप गरेर भएपनि प्रहरीका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
प्रदेशमा सुरक्षा प्रवन्धका लागि आवश्यक पुर्वाधार निमार्ण तथा ट्राफिक व्यवस्थापनका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उहाँको भनाई थियो ।
सुरक्षाका लागि विगतमा पनि प्रदेश सरकारले पुर्वाधार निमार्ण देखि सवारी साधन उपलव्ध गराउने विषयमा नेपाल प्रहरीलाई सहयोग गरेको उल्लेखगर्दै आगामी दिनमा पनि त्यस प्रकारको सहयोग गरिरहने उहाँले बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाल प्रहरी कोशी प्रदेश विराटनगर प्रमुख राजेशनाथ वास्तोला तथा सशत्र प्रहरीवल न १ वराहा वाहिनी पकलीका प्रमुख अन्जनीकुमार पोखरेल लाई विपद् व्यवस्थापन सम्वन्धी ड्रोन क्यामरा सहित ३८ प्रकारका विभिन्न सामान हस्तान्तरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *