कुमोद अधिकारी
२९ साउन,
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले रिजालको भान्सा ग्यास उद्योगलाई जरिवाना गरेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका– ५ मा रहेको ‘रिजालको भान्सा ग्यास उद्योग प्रालिलाई उपभोक्ता हितविपरीत कार्य गरेको भन्दै २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको मोरङ प्रसासनले जनाएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयसहितको सयुक्त बजार अनुगमन टोलीले निरीक्षणका क्रममा सो उधोग परिसारमा रहेको १९ वटा भरिएको ग्यास सिलिण्डरको परिक्षण गर्दा एउटा सिलिण्डरमा २४० ग्राम ग्यास कम तौल फेला परेको थियो ।
उद्योगले म्याद गुज्रिएका दुई वटा सिलिन्डरमा समेत ग्यास भरेर बिक्रीका लागि बजार पठाउन तयारी गरेको अवस्थामा फेला पारेको थियो । म्याद नाघेको उक्त सिलिन्डर शिलवन्दी गरि नष्ट गरको प्रसासनले जनाएको छ ।
यसैगरि विराटनगर–३ मा रहेको कन्चनेश्वर ग्यास पसललाई जाचवुझ निरिक्षण कार्यमा सहयोग नगरेको भन्दै सो पसललाई १५ हजार रुपैया जरिवाना गरिएको जनाइएको छ ।
त्यस्तै केहि दिन अघि विराटनगरको नेमुवामा रहेको कोशी ग्यास उद्योग पनि अनुगमन टोलीकोे कारबाहीमा परेको थियो।
