लागुऔषध एंव अपराध नियन्त्रण, रोकथाम तथा शान्ती सुव्यवस्था आफ्नो पहिलो प्रथामिक्त –डिआईजी खनाल

कुमोद अधिकारी
२६ साउन,
विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख एंव प्रहरी नायव महानिरीक्षक शेखर खनालले लागुऔषध एंव अपराध नियन्त्रण, रोकथाम तथा शान्ती सुव्यवस्था आफ्नो कार्यकालको मुख्य प्राथमिकताको विषय रहेको वताउनु भएको छ ।
विराटनगर स्थित कोशी प्रदेस प्रहरी कार्यालयको प्रमुख भएर भर्खरै आउनु भएका प्रहरी नायव महानिरिक्षक खनालले विराटनगर स्थित कार्यालयमा आज आयोजित संचारकर्मीहरु संगको परिचयात्मक कार्यक्रमा उहाले संक्षम प्रहरी र संक्षम नागरिकको सहयोगमा मात्र अपराध रहित समाजको निमार्ण गर्न सकिने प्रष्ट पार्नुभयो ।
लागु औषध नियन्त्रण, साइवर सुरक्षा, ट्राफिक व्यवस्थापन तथा राजमार्ग सुरक्षा साथै प्रहरीले आम नागरिकलाई दिने हरेक प्रकारको सेवा सहजा वनाउने गरि आफुले कामगर्ने उहाको भनाई थियो ।
उहाले भन्नुभयो लागु औषध नियन्त्रणका लागि , “हामी फुटकर प्रयोगकर्ता पक्रने मात्र होइन यसको मुख्य नेटवर्क नै ध्वस्त पार्ने गरी अगाडि बढिरहेका छौँ ।”
डिआईजी खनालले ब्राउन सुगरको आपूर्ति शृङ्खला (सप्लाई चेन) लाई नै ध्वस्त बनाउने गरी काम गर्ने बताउदै त्यसका लागि झापा, मोरङ र सुनसरीमा लागुऔषध विरुद्ध विशेष अभियान सुरु गरिएको र यसलाई स्थानीय तहको वडास्तरसम्म समिति गठन गरी प्रभावकारी बनाइने जानकारी दिनुभाये ।
कोशी प्रदेशमा ४ हजार २ सय ७.९ किलोमिटर भारतसँगको खुला सिमाना जोडिएका कारण पनि चोरी, तस्करी, लागुपदार्थ ओसारपसारजस्ता अपराधजन्य गतिविधि सुरक्षाका हिसाबले चुनौतीपूर्ण रहेको उहाको भनाई थियो ।
नागरिकको विश्वास जित्ने, अपराध रोकथाम सीसीटीभी क्यामेरा, प्रविधिमैत्री निगरानी र आधुनिक उपकरणसहितको अनुसन्धानलाई जोड दिइने डिआइजी खनालको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *