संसारी मन्दिरको साधारणसभाका लागि अन्तरिम समिति गठन

कुमोेद अधिकारी
२३ साउन,
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले रङ्गेली नगरपालिका–७ स्थित संसारी माईस्थान मन्दिरको साधारणसभाका लागि अन्तरिम समिति गठन गरेको छ ।
लामो समय देखि मन्दिरको साधारणसभा नभएको भन्दै जिल्ला प्रसासन कार्यालयले साधारणसभाका लागि पाच सदस्यि अन्तरिम समिति गठन गरिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले मन्दिरलाई थप व्यवस्थित गर्न र मन्दिर व्यवस्थापन समितिको नया नेतृत्व चयनका लागि अन्तरिम समिति गठन गरिएको जनकारी दिनुभयो । विराटनगरको शनीमन्दिर तथा रंगेलीको सासंरी मन्दिरलाई थप व्यवस्थित गर्न प्रसासन लागेको उहाको भनाई छ ।
प्रमुख जिल्ला अधिकारीको निर्णयअनुसार मन्दिर व्यवस्थापन समितिका पदाधिकारी संग छलफल गरि उनिहरुको सल्लाह र सुझाव अनुसार मन्दिरको विधान वमोजिम मन्दिरको साधारणसभा सम्पन्न गरी नयाँ कार्यसमिति चयनका लागि अन्तरिम समिति गठन गरिएको हो।
समितिको संयोजकमा रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनु भएको छ । त्यस्ते समितिको सदस्यमा जनता बहुमुखी क्याम्पस रङ्गेलीका क्याम्पस प्रमुख, जिल्ला प्रशासन कार्यालय मोरङका अधिकृत तथा इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रमुख रहनु भएको छ । रङ्गेली नगरपालिकाको आर्थिक प्रशासन शाखा प्रमुख लाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अन्तरिम समितिले आगामी तीन महिनाभित्र मन्दिरको विधानअनुसार सदस्यता वितरण गरी साधारणसभा सम्पन्न गर्ने र निर्वाचित नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गनु पर्ने हुन्छ ।
त्यस्तै, संस्थाको स्थापना भएदेखि हालसम्मको आय–व्ययको लेखापरीक्षण गराई प्रतिवेदन सार्वजनिक गर्न, जनप्रतिनिधिको उपस्थितिमा सार्वजनिक परीक्षण गर्न तथा नयाँ कार्यसमिति गठन नहुञ्जेलसम्म मन्दिरको आय–व्यय व्यवस्थापन गर्ने जिम्मा अन्तरिम समितिलाई दिइएको छ।
मन्दिरको बैंक खाता नयाँ कार्यसमिति गठन नहुँदासम्म रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुने जनाइएको छ ।
यस अघि सो मन्दिरमा मन्दिर कार्यसमिति वाहेक ५१ जना साधारण सदस्य रहेका थिए । केहि कार्य समिति सदस्यको निधन भएको र कतिपय साधारण सदस्यहरुले रंगेली छाडेर विराटनगर काठमाण्डौमा वस्न पुगेको अवस्थका कारण समयमा साधारणसभा गर्न नसेको निवर्तमान कार्य समितिको भनाई छ ।
नेपाल तथा भारतावाट दैनिक सयौ भक्तजन आउने पुर्वकै प्रमुख धार्मिक स्थलका रुपमा चिनिएको सांसरी मन्दिरको आफर्नै धार्मिक एंव ऐतिहासिक महत्व रहि आएको छ । निवर्तमान मन्दिर व्यवस्थापन कार्य समिति , प्रदेस तथा स्थानिय सरकार, समाजसेवी तथा भक्तजनहरुको साथ सहयोगवाट प्रमुख शक्तिपिठको रुपमा स्थापित सो मन्दिरमा कोशी प्रदेस सरकारले प्रत्येकवर्ष दशैको फुलपातीका दिन फुलपाती वडाई गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *