विरामीको उचित व्यवस्थापन नभई जग्गा खाली गर्नुपर्ने पत्रप्रति संस्थाको ध्यानाकर्षण

कुमोद अधिकारी
१७ असार,
विराटनगर । नेपाल क्षयरोग निवारण संस्था विराटनगरले उपचारमा रहेका विरामीको व्यवस्थापन र उनिहरुको उचित उपचारको प्रवन्ध नगरिकन संस्थाको जग्गा खाली गर्नुपर्ने कोशी अस्पतालको पत्रप्रति संस्थाको ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थाले आज कार्यालय गेट अगाडी पत्रकार सम्मेलन गर्दै संस्थाले कोशी तथा मधेश प्रदेसका विरामीलाई क्षयरोग निदानका लागि निरन्तर सेवा दिदै आएकोमा संस्थालाई उचित ठाउमा व्यवस्थापन नगरि जग्गा खालीगर्दा उपचार्थ विरामीको विचल्ली हुने भएकाले उचित विकल्प दिन माग गरेको छ ।
विराटनगर स्थित कोशी अस्पतालले जग्गा खालीगर्न संस्थालाई पत्रचार गरेको हो । अस्पतालले संस्थालाई असार–८ गते जग्गा खालीगर्न पत्र पठाएको हो । सरकारले देशव्यापी रुपमा सरकारी जग्गा खालीगर्ने निर्णय गरेपछि अस्पतालले संस्थालाई पत्र पठाएको हो ।
वनसखण्डी महादेव मन्दिरको स्थल भएको पानी जम्न खाडल रहेको तथा त्याहा रहेको वगैचा र जंगल सरसफाईगरि २०१६ सालमा सस्था स्थापना गरिएको र त्याहा रहेको गणेश मन्दिरको स्थापनागर्दा सो मन्दिरले नै कोशी अस्पताल स्थापनाका लागि जग्गा उपलव्ध गराएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
संस्थाका अध्यक्ष भैरव क्षेत्रीले संस्था संचालनका लागि उचित विकल्प नदिइकन जग्गा खालीगर्दा सयौ विरामीहरु सेवा पाउन वाट वन्चित हुने वताउनुभयो । अहिले पनि संस्थामा दुई दर्जन विरमीले उपचार सेवा लिइरहेको छन त्यस्मा कैदी वन्दी हरु समेत रहेकोमा उनिहरुलाई उपचार पुरा नगरिकन विचमै फर्काउने हो भन यो रोगले गंभिर महामारी लिन सम्ने खतरा रहेकाले त्यस्तर्फ सम्वन्धित निकायको ध्यान जानुपर्ने उहाको भनाई छ ।


संस्थाका पुर्व अध्यक्ष राजन श्रेष्ठले आफुहरु जग्गा खाली गर्न तयार रहेको र त्यो भन्दा पहिले त्याहा रहेका विरामीलाई काहा लैजाने कुराको समाधान खोज्नुपर्ने वताउनुभयो ।
संस्थाका सचिव भवेष श्रेष्ठले कोशी प्रदेसका एकमात्र सिफरलकेन्द्रको रुपमा स्थापित उक्त केन्द्रमा कोशी अस्पतालमा आउने मात्र नभई कोशी प्रदेसका १४ वटै जिल्लाका जिल्ला अस्पतालहरुले क्षयरोगीका विरामीको उपचारका लागि पठाउने गरेकोमा सेवा वन्दा हुदा हजारौ विरामी प्रभावित हुने वताउनुभयो ।
संस्थाले कोशी प्रदेसका वार्षिक १० हजार संकास्पद विरामीको स्वास्थ्य जाच गर्ने गरेकोमा जसमध्ये ३० प्रतिशत क्षयरोगका विरामीले संंस्थावाट सेवा लिने गरेका छन ।
त्याहा उपचारका लागि संस्थाले आउने विरामीलाई निशुल्क ओपिडि सेवा, अत्याधुनिक प्रयोगशाला, डिआर एक्सरे, एचआइभि परिक्षण,इसिजिसेवा, डट्स उपचार सेवा, डिआर उपचार सेवा, १५ वेड क्षमताको डिआर आवास गृह संचालनमा ल्याएको छ ।
संस्थाले आर्थिक अवस्था कमजोड भएका विरामीलार्ई पोषणतथा यातायात खर्च, क्षयरोग प्रमाणित विरामीलाई निशुल्क औषधी उपचार साथै क्षयरोग प्रमाणित नभएका त्याहा आउने विरामीलाई समेत घरसम्म पुग्ने यातायात खर्च उपलव्ध गराउदै आएको संस्थाका सचिव भवेष श्रेष्ठले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *