ग्रामीण विकास समाज केन्द्रद्धारा जेष्ठ नागरिकलाई दहि चिउरा

कुमोद अधिकारी
१५ असार,
विराटनगर । नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरले आज ज्येष्ठ नागरिकहरुलाई दही चिउरा खुवाएको छ । असार १५ तथा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा समाज केन्द्रले विराटनगरका ज्येष्ठ नागरिकहरुलाई दहि चिउरा खुवाएको हो।
कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले धान संस्कृति, परम्परासँग जोडिएको बताउनुभयो । किसानलाई प्राथमिकतामामा राखेर सरकारले धान दिवस मनाउन शुरू गरेको उहाँले बताउनुभयो ।
मुलुक कृषिमा आत्मनिर्भर हुन नसकेको मन्त्री पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ कृषि निर्यातमुखी हुन सकेन । तीनै तहको सरकारले उन्ननत जातको बीउको प्रवन्ध र मलखादको समस्या समाधान गर्नुपर्छ ।’ कृषकलाई आत्मनिरभर बनाउने राज्यले सुविधा दिनुपर्ने उहाँले बताउनुभयो । कृषिको व्यवसायिकरण र आधुनिकीकरणमा मन्त्री पराजुलीको जोड छ ।
कार्यक्रममा एलिट क्लव विराटनगरकी अध्यक्ष इन्दिरा कार्कीले कृषिको आधुनिकीकरणलाई प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । दही चिउरा नेपाली संस्कृतिसँग जोडिएको उहाँले बताउनुभयो ।
नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरका अध्यक्ष मणिकुमार अज्र्यालले धर्म संस्कृति जगेर्ना गर्न र भावी पुस्तालाई सिकाउने उद्देश्यले राष्ट्रिय धान दिवसको अवसरमा दहि चिउरा खाने कार्यक्रम राखिएको उहाँले बताउनुभयो । समाज केन्द्रले धर्म, संस्कृति, परम्परा जगेर्ना हुने कार्यक्रमका साथै जेष्ठ नागरिकका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *