कोशी प्रदेसमा वफर स्टकमा रहेको युरिया तथा डिएपीमलको विक्रि वितरण शुरु

कुमोद अधिकारी
६ असार,
कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेसिक कार्यालय विराटनगरले कोशी प्रदेसका १४ वटै जिल्लाका लागि युरिया तथा डिएपी मलको कोटा वाडफाड गरि विक्रि वितरण शुरु गरेको छ ।
नेपाल सरकारले तेश्रो मुलकवाट खरिद गरेको युरिया तथा डिएपी मल आउन केहि हप्ता ढिलो हुने भन्दै किसानको राहतका लागि सो कार्यालयको वफर स्टकमा रहेको युरिया तथा डिएपीमल कोशी प्रदेसका १ सय ३७ वटै पालिका लागि कोटा वाडफाड गर्दै विक्रि वितरण शुरु गरेको हो ।
कार्यालयमा प्रमुख कमल पोखरेलले धान रोपाईको सिजन शुरु हुन लागेकाले कार्यालयको वफर स्टकमा रहेको ४ हजार ६ सय ३१ मेट्रिक टन युरिया तथा आठ सय मेट्रिक टन डिएपीका कोटा वाडफाड गरि सम्वन्धित कार्यालयमा पठाएको र कतिपय कार्यालयवाट शुक्रवार देखि विक्रि शुरु भई सकेको जानकारी दिनुभयो ।


असार चार गते उधोग कृषितथा सहकारी मन्त्रालय कोशी प्रदेसको प्रदेस मल वितरण व्यवस्थापन समिति तथा संघिय समितिको निर्णय अनुसार सो कार्यालयले वफर स्टक मल वाडफाड गरि सम्वन्धित कार्यालयमा पठाईको हो ।
आफुले पाएको जानकारी अनुसार हिजो देखिनै भोजपुरको हतुवागडि वाट विक्रि शुरु भएको र कार्यालय खुलेपछि सोमवार वाट मल विक्रिगर्ने जिम्मेवारी पाएका सवै डिलर तथा सहकारी मार्फत डिएपी तथा युरिया मलको विक्रि वितरण हुने उहाको भनाई छ ।


स्थानिय तहहरुलाई छुटाएको मल स्थानिय तहका सिफारिस अनुसार जिल्लामा रहेका कृषि समाग्री कम्पनीले सम्वन्धित विक्रेतालाई सिफारिस अनुसारको मल उपलव्ध गराउने गर्दछन ।
नेपाल सरकारले खरिद गरेको मल असार महिनाको अन्त सम्ममा विराटनगर आई पुग्ने कार्यालयले जनाएरको छ । सरकारले खरिद गरेको युरियामलको कुल परिमाण मध्ये २० प्वाइन्ट ५ प्रतिशत र डिएपी मल २० प्वाइन्ट ९ प्रतिशत कोशी प्रदेसको कोटा हो । यो महिनाको अन्तदेखि जिटुजी तथा नियमित टेन्डरको मल निरन्तर आउने भएकाले त्यसपछि मलको अभाव नहुने कार्यालय प्रमुख पोखरेलको भनाई छ ।
प्रादेसिक कार्यालयलाई सरकारले उपलव्ध गराएको मल मध्ये आपतकालिन अवस्थाका लागि कुल मलको परिमाण मध्ये १० प्रतिशत मल वफर स्टकमा राख्नु पर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *