कुमोद अधिकारी
१४ चैत,
विराटनगर। विराटनगरस्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपप्राध्यापक पद्मा कार्यरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद निशा मेहताले स्वस्थ्य तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनु भएकोमा सो अस्पतालले वधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।
पेशाले नर्स रहेकी मेहता सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतको ग्वालियरबाट नर्सिङमा स्नातकोत्तर गर्नु भएको छ । राजनीतिमा प्रवेश गर्नुअघि उहा विराटनगरस्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपप्राध्यापकका रूपमा कार्यरत हुनुहुन्थ्यो निर्वाचन आयोगबाट सांसदको प्रमाणपत्र प्राप्त गरेपछि मात्र उहाले आफ्नो नर्सिङ पेशाबाट राजीनामा दिनु भएको हो ।
रास्वपाको स्थापनाकालदेखि नै सक्रिय मेहता पार्टीकी केन्द्रीय सदस्य समेत हुनुहुन्छ । उहाका श्रीमान् डा. सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन् ।
आफ्नै संस्थाकी पूर्वउपप्राध्यापक मेहता स्वास्थ्यमन्त्री नियुक्त भएकोमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटल परिवार हर्षित भएको छ ।
संस्थापक अध्यक्ष प्रो.डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मेहताको नियुक्तिलाई संस्थाका लागि गौरवको क्षण भएको बताउँदै उहाकाृ सफल कार्यकालको कामना गर्नुभयो ।
हस्पिटलमा उपप्राध्यापकका रूपमा कार्यरत हुँदा नर्सिङ शिक्षा र स्वास्थ्य सेवामा उनले पु¥याएको योगदानलाई संस्थाले सधैँ स्मरण गर्ने डा. कार्कीको भनाइ छ।
मन्त्री मेहताले मन्त्रालयको नेतृत्व गर्दा स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै हस्पिटल परिवारले उहालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएको छ।