सङ्खुवासभामा २७ हजार ८३९ मत खस्यो

फागुन २१ गते । सङ्खुवासभा जिल्लामा जारी मतदानका क्रममा दिउँसो १ बजेसम्म २७ हजार ८३९ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो कुल मतदाताको २३ दशमलव २७ प्रतिशत हो ।

कार्यालयका अनुसार खसेको मतमध्ये महिला मतदाता १२ हजार ३०५ र पुरुष मतदाता १५ हजार ५३४ रहेका छन् ।

जिल्लाका एक सय ६४ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगिरहेका छन् भने कतिपय केन्द्रमा मतदाताको लाम देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *