प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा आठ हजार प्र्रहरी परिचालन, व्यालेटको सुरक्षाका लागि वुलेट प्रयोग हुन सक्छ’–मोरङ प्रहरी

कुमोद अधिकारी
१७ फागुन ः
विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निश्पक्ष,स्वतन्त्र र शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न आमसञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा सहभागिहरुले जोड दिएका छन ।
नेपाल पत्रकार महासंघ मोरङ र प्रदेश निर्वाचन कार्यालय विराटनगरद्वारा आज विराटनगरमा आयोजित निर्वाचन र आम सञ्चार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सञ्चार माध्यमहरुले निर्वाचन आचार संहिताको उल्लङघन विषयमा सुक्षम रिपोटिङग गर्दै निर्वाचन निश्पक्ष सम्पन्न गर्न सहयोग पु¥याउनु पर्ने उहाहरुको भनाई छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको दिनका लागि मतदाता, मतदान सामाग्री, मतपेटिक, कर्मचारीको सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन गरी एकीकृत सुरक्षा याजना अनुसार मोरङ जिल्लामा आठ हजार प्रहरी परिचालन गरिएको जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटुवालले एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सामगाग्री र मतपेटिकाको सुरक्षाका लागि आवश्यक परेमा ‘व्यालेटको सुरक्षाको लागि वुलेट ’समेत प्रयोग गर्न सकिने बताउनु भयो ।
शान्तीपुर्ण एंव भयरहिथ वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरि सवै व्यवस्था मिलाइएकाले निर्धक भएर निर्वाचनमा सहभागि हुन सर्व मतदाताहरुलाई उहाले आग्रह गर्नुभयो ।
मोरङको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला , कोष तथा लेखा नियान्त्रण कार्यालयका प्रमुख तोयानाथ उप्रेतीले आचार संहिताको पालनमा सचेत र सजग रुपमा कार्यान्वयन गराएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशिला पाठक, उपाध्यक्ष सन्तोष सिग्देल र सचिव नेत्रपि अधिकारीले निर्वाचनलाई सभ्य, निश्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न महासंघले आचार संहिता पालनको कार्यान्वयन आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
सो अवसरमा प्रदेश निर्वाचन कार्यालयका प्रमसख चोलाराज दंगालले आसन्न निर्वाचन कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *