कांग्रेसप्रति मतदाताहरुको उत्साह वढेको छ – महामन्त्री घिमिरे

कुमोद अधिकारी
फागुन, ५
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसप्रति मतदाताहरुको उत्साह वढेको वताउनु भएको छ
मोरङ क्षेत्र न ४ वाट प्रतिसभा सदस्य निर्वाचनका लागि नेपाली कांगेसवाट उमेदवारी दिनु भएको महामन्त्री घिमिरेले आफनो निर्वाचन क्षेत्रमा आज आयोजित कोणसभा तथा घरदैलोक कार्यक्रमा वोल्दै कांग्रेसको विशेष महाधिवेशन पछि पार्टी प्रति युवाहरुको अकार्षण वढेको वताउनुभयो ।
विशेष महाधिवेशन पछि पार्टी रुपान्तरण भएसंगै पार्टी नया निति, कार्यक्रम तथा नया गतिका साथ अघि वढेका उहाको भनाई थियो ।
मोरङको चार नम्वर क्षेत्र नेपाली कांग्रेसको वलियो जनाधार भएको चर्चागर्दै उहाले मतदाताको चाहना अनुसार विकास, समवृद्धि, स्वास्थ्य , सिक्षा, रोजगारी, तटवन्ध जस्ता विषयलाई आफुले चुनावी ऐजेन्डा वनाएको वताउनुभया ।
विगतमा पहुच र शक्तिको आधारमा वजेट विनियोजन हुदा कतिपय क्षेत्रमा आवश्यक्ता अनुसार विकास निमार्णको कामले पुर्णता पाउन नसकेको उहाको भनाई थियो ।


पहुच र शक्तिको भरमा वजेट विनयोजन गर्ने भन्दापनि जनताको आवश्यक्ता हेरेर प्राथमिक्ताको आधारमा विकास निमार्णको कामलाइ अघि वढाउनु अहिलेको आवश्यक्ता रहेको उहाको भनाई थियो ।
महामन्त्री घिमिरेले मतदाताहरुलाई ठुलाठुला आश्वासन दिने भन्दा पनि काम गर्न सक्ने संभावनाका क्षेत्रहरुमा आवश्यक विकास निमार्णका कामलाई अघि वढाउने र यो निर्वाचन क्षेत्रलाई विकासमा रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले निर्वाचन ाक्षेत्रलाई राजनितिक गर्ने थलो वनाउनु भन्दा पनि विकास निमार्णको थलो वनाउने आफनो योजना रहेको प्रष्ट पार्नुभयो ।


महामन्त्री घिमिरेले नेपाली कांग्रेसले भोली पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको जानकारी गराउदै सो प्रतिज्ञापत्रमा समग्र देशको चित्रण सहित आवश्यक विकास निमार्णका प्राथमिक्ता निर्धारण हुने र त्यसले आफनो निर्वाचन क्षेत्रको कतिपय विषयलाई संवोधन समेत गर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *