सवारी चालक अनुमतिपत्र सम्वन्धि सेवा सुचारु

कुमोद अधिकारी
१० मंङसिर,
विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरको सवारी चालक अनुमतिपत्र सम्वन्धि अवरुद्ध सेवा आजवाट सुचारु भएको छ ।
जेन्जी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको सरोवर डाटा प्रणालीमा क्षति पुगेपछि भदौ–२४ गते देखि अवरुद्ध कार्यालयको सेवा अढाई महिना पछि सुचारु भएको हो ।
विभागको सरोवर सुचारु भएपछि विद्युतिय सवारी चालक अनुमती पत्र सम्वन्धि सेवा कार्यालयवाट शुरु भएको यातयात व्यवस्था सेवा कार्र्यालय विराटनगरका सुचना अधिकारी गिरिराज पराजुलीले वताउनुभयो ।
सेवा सुचारु भएपछि सवारी चालक अनुमतिपत्रका लागि भोली विहिवारवाट लिखित तथा ट्रयाल परिक्षा शुरु गर्न लागिएको उहाको भनाई छ ।
कार्यालयले भदौ–३० गते देखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कटा जस्ता सेवा शुरु गरेपनि सवारी चालक अनुमतिपत्र सम्वन्धिसेवा भने संचालनमा आउन सकेको थिएन ।
जेन्जी आन्दोलनको क्रममा विराटनर स्थित कार्यालयमा कुनै प्रकारको क्षति नभएपनि विभागको सरोवर प्रणालीमा भएको क्षतिका कारण याहावाट सवारी चालनक अनुमतिपत्र सम्वन्धि सेवा संचालनमा ल्याउन नसकेको सो कार्यालयका प्रमुख गोपाल दाहाको भनाई छ । कार्यालयले छैठपर्व पछि सवारी सवारी चालक अनुमतिपत्र नविकरण सेवा शुरु गरि सकेको उहाले वताउनुभयो ।
लामो समय पछि सेवा सुचारु भएपछि कार्यालयमा सेवाग्रहिको भिड लागेको छ । कार्यालयमा सवै प्रकारको सेवा लिन दैीनक डेढ देखि दुईसय जना सेवाग्रही आउने गरेकोमा त्यसमध्ये एकपटकमा ६० देखि ७० जनाले सवारी चालक अनुमतिपत्रका लागि लिखित तथा ट्रयाल परिक्षा दिने गरेका छन । कार्यालयले हप्तामा तिन पटक सवारी चालक अनुमतिपत्रका लागि परिक्षा लिदै आएको छ ।
कार्यालयवाट दुई तथा चार पाङग्रे सवारी साधन सहित सवै प्रकारको सवारी साधनका लागि सवारी चालक अनुमतिपत्र उपलव्ध हुने गरेको छ ।
२०७२ सालमा स्थापना भएको सो कार्यालयले २०७९ साल साउन महिना देखि सवारी चालक अनुमतिपत्र सम्वन्धि सेवा सुचारु गरेको हो । सेवा अवरुद्ध हुदा मार्कामा परेका सेवाग्रहीलाई सेवा सुचारु भएपछि सेवा लिन सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *