निर्धारित मितिमा निर्वाचन गराउन मोरङ प्रसासनले तयारी गरिरहेको छ –प्रजिअ कट्ेल

कुमोद अधिकारी
२१ कातिक ,
विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले , तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गराउने तयारी भइरहेको जानकारी दिएको छ । भर्खर सरुवा भएर मोरङ आउनु भएका प्रमुख जिल्ला अािधकारी कटे्लले आज पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा आगामी फागुन–२१ ग्ते सरकारले प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरि सकेकाले सोही अनुसार निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन आफु लागि परेको वताउनुभयो ।
भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन पछि गठन भएको प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको चुनावी सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने मिति तोकेको छ ।
उहाले सरकारको प्राथमिकतामा रहेको फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउन आफुले मोरङ जिल्लाको राजनितिकदलहरु संग छलफल तथा अन्तरक्रिया गर्नुका साथै मतदाता नामावली संकलन तथा मतदान केन्द्र हरुको अवलोकन गर्ने काम गरिरहेको वताउनुभयो ।
कार्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम समावेश गराउने काम भइरहेको छ ।
मंसिरदेखि निर्वाचनका लागि चाहिने आवश्यक जनशक्ति छनौटदेखि तयारीको काम सुरु हुने प्रमुख जिल्ला अधिकारी कट्टेलको भनाई थियो । आफुले जिम्मेवारी सम्हालेपटि हुलाकी राजमार्ग निमार्ण कार्यको विषयमा जानकारी लिन सम्वन्धित निकाय तथा सरोकारवाला संग छलफल अघि वढाएको समेत उहाले वताउनुभयो।
सो अवसरमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवाल, सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गणका प्रमुख एसपी राजेश घिमिरे र राष्ट्रिय राष्ट्रिय अनुसन्धान विभाग मोरङका प्रमुख एसपी राजन शर्मा सापकोटाको सहभागी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *