विराटनगर । जेनजी आन्दोलनकारीले कोशी प्रदेशको प्रदेशसभा सचिवालय र सभाहल आगजनी गरेका कारण ध्वस्त भएपछि मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनबाट सञ्चालन हुने भएको छ ।
कोशी प्रदेश सरकारले कटहरी गाउँपालिका समेतको सहमतिमा उक्त भवन संरचनामा प्रदेश सभा सार्न निर्णय गररेको छ ।
प्रदेशसभा सचिवालय सर्ने निश्चित भएपछि कर्मचारीहरूले फलफूल तथा तरकारी थोक बजारको भवन परिसरमा सरसफाई सुरु गरेका छन्
यहाँ रहेको एउटा भवनमा सचिवालय राखिने र एउटामा सभाहल निर्माण गरिने कोशी प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिनुभयो ।
प्रदेश सभा संचालनका लागि कटहरी गाउँपालिकाको स्वामित्वमा रहेर संरक्षण गर्दै आएको कृषि थोक बजारभित्रका संरचना प्रदेश सरकारलाई जिम्मा दिइएको कटहरी गाउँपालिकाले जनाएको छ ।