पहिरोका कारण धनकुटाका मुख्य तीन राजमार्ग अवरुद्ध

कात्तिक १४ गते । केही दिनदेखि परेको अविरल वर्षाका कारण धनकुटाका मुख्य तीन राजमार्ग अवरुद्ध भएका छन् । वर्षासँगै खोलामा बाढी आएको र सडक माथिबाट झरेको पहिरोले सडक पुरिएरको साथै पहिरोले बगाउँदा सडक अवरुद्ध भएका हुन् ।

वर्षाका कारण तमोर–करिडोर क्षेत्रमा पर्ने पाँचथर र धनकुटाको सिमानामा रहेको नावा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ र धनकुटाको चौबिसे गाउँपालिका–४ को सिमानामा बग्ने नावा खोलामा गएरातीदेखि परेको वर्षाले खाेलामा बहाव बढेपछि दुईतर्फ सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । जसका कारण धनकुटाको तमोर–करिडो सडक खण्ड अन्तर्गत धनकुटाको मूलघाट हुँदै, पाँचथर र ताप्लेजुङ जाने यातायतका सधान चल्न सकेका छैनन् । यस्तै उक्त सडक खण्डमा पाँचथरतर्फ ३ र धनकुटातर्फ ४ वटा ट्रक रोकिरहेको प्रहरीले जनाएको छ ।

यस्तै, भेडेटार–रविराँके सडक अण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–५, स्थित लुम्फाजुङमा सडक भासिएर अवरोध भएको छ । अविरल वर्षाका कारण निर्माणाधीन रविराँके सडक करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ । यस्तै सेही स्थानमा माथिबाट ढुङ्गा र माटोको पहिरो झरी सडक अवरुद्ध भएको कारण उक्त सडक खण्ड दुबैतर्फ यातायातका साधन अवरुद्ध भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *